आदरणिय नेपाली दाजु भाइ दिदि बहिनिहरू,
अमर र अमरहरुका पीडालाई महसुस गर्दै आफ्नो तन मन धनले अमर बचाउ अभियानलाई आ आफ्नो क्षेत्रबाट योगदान गर्ने सम्पूर्ण दाजु भाई दिदि बहिनिहरू प्रति सेभ अमर ग्लोबल टास्क फोर्स नतमस्तक छ। सेभ अमर इन्टर्न्यास्नल नेट्वर्क SAIN का संयोजक युवराज कार्कीको सिफारिसमा र अमर बचाउ अभियानका राष्ट्रिय सवन्वय समितिहरूको सल्लाहमा अमर बचाउ अभियानका प्रणेता तथा नेपाल् विश्व सहयोग संघका अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुबाट उहाँकै नेत्रित्वमा गठित सेभ अमर ग्लोबल टास्क फोर्सको यो पहिलो प्रतिवेदन हो।
सेभ अमर ग्लोबल टास्क फोर्स
सभापती -मणी नेपाली पनेरु (सस्थापक अधक्ष -नेपाल विश्व सहयोग संघ NAGC)
उपसभापती -दयाराम पाण्डे (साइन कोर्डिनेटर नेपाल)
महासचीव -उमा कार्की थापा-(सभापती राष्ट्रिय सवन्वय समिती USA)
कोषाधक्ष -गङ्गा लाल श्रेष्ठ (कोषाधक्ष एन ए जी सी नेपाल च्याप्टर)
सदस्य -कृष्ण बहादुर ढकाल--(सभापती राष्ट्रिय सवन्वय समिती UAE)
सदस्य - महेन्द्र पाण्डे-(सभापती राष्ट्रिय सवन्वय समिती Nepal)
सदस्य - कर्ण बहादूर बम (अमर बहादूर बमका पीता)
सदस्य- शिव काफले (प्रतिनिधी-चन्दादाता)
सदस्य-प्रतिनिधी-नेपाली समाज यु ए ई,
सदस्य-प्रतिनिधी-, एन ए जी सी यु ए ई

सल्लाहकार
राजेन्द्र देवकोटा- साइन निर्देशक
युवराज कार्की- साइन संयोजक 

SAIN Coordinator युवराज कार्कीको सल्लाह अनुसार् NAGC अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले डिसेम्बर १६, २०१२ देखी पेब्रुअरी ३ सम्म औपचारिक भ्रमण पूरा गर्नु भएको छ र यस बीच अमर बचाउ अभियान नयाँ उचाइमा पुगेको छ। प्रस्तूत छ, सेभ अमर ग्लोबल टास्क फोर्सका सभापति मणी नेपाली पनेरुको भ्रमण र अभियानका क्रियाकलापहरूको सङ्क्षिप्त विवरण। यो प्रतिवेदनमा उल्लेखित क्रियाकलाप हरू बारे अन लाइन्, राष्ट्रिय दैनिक्, साप्ताहिक्, टेलिभिजन तथा एफ.एम हरूले गरेका व्यापक प्रसारणहरुका केही उदाहरण  स्वरुप लिँकहरू प्रतिवेदनको अन्तमा अनुसुचीको रुपमा प्रस्तूत छ। यी सबै लिन्कहरू र श्रोतहरू टास्क फोर्सको वेव साइटमा पनि प्रकाशित गरिने छ। 
सभापति पनेरु डिसेम्बर १८ मा लन्डन र डिसेम्बर १९ मा दु ब ई  ट्रान्जिटमा हुँदा   याम्नेस्टी इन्टर्न्यास्नलका कर्मचारीहरू तथा अमर बचाउ अभियानका सदस्यहरू सँग निकट भविष्यमा गरिने सो क्षेत्रको भ्रमणलाई उपलव्धी मुलक बनाउन व्यापक टेलिफोन वार्ता भएको थियो। पनेरु ड्र्सेम्बर १९ मा नेपाल् पुगे पछि अमर बहादूर बम सँग अभियानको लागि उठेको चन्दा रकम हस्तानान्तरण तथा सदुपयोग सम्बन्धी टेलिफोन वार्ता भएको थियो। अमरले उठेको चन्दा रकमलाई आफूलाई छुटाउन सहायक हुने हरेक कार्यक्रमहरुमा खर्च गर्न आफ्नो पूर्ण सहमती रहेको बताउनु भयो। सोही अवसरमा नेपालका प्रधान मन्त्री यु ए ई आएमा आफू पक्का छुट्ने विश्वास प्रकट गर्दै सो वातावरण बनाउन् आवस्यक कार्यक्रमरू गर्न हार्दिक आग्रह गर्नु भएको थियो। अमरको यो हार्दीक आग्रहको सम्मान गर्दै टास्क फोर्सले तत्कालै  बनस्थली ढुङेधारामा सो अभियानको सचिवालय स्थापित गरि  अभियानलाई तिब्रता दिन लागेको थियो।
यसै बीच मृत्यु दण्ड पाएर कार्यन्वयन हुने अन्तिम् चरणमा पुगेका नुवाकोट  निवासी हरि बहादूर घलेलाई पनी मलेसियाको जेलबाट उन्मुक्ती दिलाउन भैइरहेको प्रयासलाई टास्क फोर्सले समर्थन गर्दै सहकार्यको सम्भावना बारे समाज सेवी जगदिश नर सिंह के  सी को नेत्रित्वमा आएको घले बचाउ अभियानको टोली सङ्ग वार्ता गरेको थियो। वार्ताको मर्मलाई सम्मान गर्दै टास्क फोर्सले घले बचाउ अभियान सँग पनि सहकार्य गरिरहेको छ। यो सहकार्यले दुबै अभियानहरूलाई थप् बल पुर्याउने दुबै अभियानका सदस्यहरूको विश्वास रहेको छ। यसै परिप्रेक्षमा टास्क फोर्स सभापति मणी नेपाली पनेरु यी दुबै अभियानको लागि संयुक्त कार्य दल बनाउने वातावरण श्रीजना गर्न, अमर बम बारे जन चेतना जगाउन,  हरि घलेको वास्तविक परिस्थिती बारे बुझ्न र मलेसियामा रहेका नेपाली कामदारको स्थलगत निरिक्षण मलेसियाको भ्रमण सम्पन्न गर्नु भयो।
नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुको नेत्रित्वमा एक उच्च स्तरीय प्रतिनिधि मण्डलले मलेसियाका लागी नेपाली कार्यबाहक राजादूत लेखनाथ भट्टराई भेट वार्ता गरेको थियो।    सो प्रतिनिधि मन्डलमा नेपाल विश्व सहयोग संघ लगायत बिसिनेस असोसियसन  अफ मलेसिया, माइग्रेन्ट आलायन्स मलेसिया लगायतका सस्थाहरु लगायत सरोकारवाला पत्रकारहरु तथा बुद्दिजिवीहरुको सह्भागीता थियो।  अमर बचाउ अभियानका अन्तरराष्ट्रिय प्रणेता  नेपाल विश्व सहयोग संघका सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले हाल मृत्यु डण्डको सजाय पाएका हरी बहादुर घले बारे अध्याबधिक जानकारीइको अनुरोध गर्दा कार्य बाहक राज्दूत भट्टराईले स्थिती स्पष्ट नभए पनि घलेको मृत्यु दण्ड   टल्ने आशा पलाएको आशय व्यक्त गर्नु भयो। नेपाल विश्व सहयोग संघ, प्रवासी  नेपाली सवन्वय समिती, माइग्रेन्ट अलायन्स, मलेसिया, नेपाली काङ्रेस नुवाकोट, जनपुकार डट कम्  लगायत संघ सस्थाहरुको प्रयास स्वरुप नेपालका प्रधान मन्त्रीले मलेसियाका प्रधान मन्त्रीलाई पत्र लेखी सकेको र घलेको वकिलले समेत माफीको लागी मलेसियाका राजालाई बिनती पत्र लेखेको जानकारी दिनु भयो। 
यसै क्रममा change.org मार्फत हरी घले लाई माफी दिलाउन मलेसियाका राजालाई सर्वजनिक बिनतिपत्र समेत पेश गरिएको थियो। सो प्रयोजनको लागी अमर बचाउ अभियान र घले बचाउ अभियान बीच सह्कार्य गरी दुबै  जनाको पक्षमा हजारौँको सन्ख्यामा हस्ताक्षर संकलन गर्न    दुबै   पक्षले प्रतिबद्दता जाहेर गरेको थियो। सोही अवसरमा नेपाल् विश्व सहयोग संघ ग्रेट्रर एसिया च्याप्टरको आयोजनामा मलेसियाको क्वालालुम्पुर स्थित सिट्रस होटेलमा अमर बम र हरि घलेको मुद्दा बारे बारे छलफल तथा अन्तरक्रिया सन्चालन भएको थियो।
पनेरु नेपाल फर्के पछि अमर बचाउ अभियानमा व्यापक तिब्रता आएको थियो। हाल सम्म पनि अमर बम बारे जानाकारी दिने उद्देश्यले हजारौँ हजार पर्चाहरू बितरण भएका छन्, अमर बमका ठूला ठूला रङ्गीन  पोस्टरहरू सार्वजनिक स्थानहरुमा राखिएका छन्। व्यापक हस्ताक्षर अभियान सम्पन्न भैरहेको छ।  पत्रकार सम्मेलनहरू सम्पन्न भएका छन्, गोष्ठी सम्पन्न भएको छ र नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराई, उप प्रधान मन्त्री नारायण काजी श्रेष्ठ, लगायत  सम्पूर्ण ठूला पार्टीका अधक्ष लगायत प्रभावशाली नेताहरूलाई भेट गरी अमर बमलाई बचाउन पहल गरिदिने हार्दीक अनुरोध् गरिएको थियो।  ती सम्पूर्ण भेटवार्तागरुमा म आफैन पनि सम्मिलित भएको र सवै भेट वार्ताहरू अत्यन्त सौहार्द्रपूर्ण र फलदायी रुपमा सम्पन्न भएका थिए।
सो अवसरमा नेपाल विश्व सहयोग संघ नेपाल च्याप्टर को आयोजनामा “अमरहरुका पीडा र हाम्रो दायित्व”  बिषयक राष्ट्रिय बिचार गोष्ठी सम्पन्न भएको थियो।  । NAGC Nepal च्याप्टरका महासचिव रमेश खड्काको सभापतित्वमा तथा नेपाल विश्व सहयोग संघका सस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुको प्रमूख आतिथ्यमा  सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथी तथा एन ए जी अन्तरराष्ट्रिय उपाधक्ष राजेन्द्र देवकोटाले मूल बिषय मा पावर प्वाइन्ट प्रस्तुति गर्दै अमर बम र हरि घलेको मुद्दा माथी प्रकाश पार्नु भएको थियो। एनएजिसीका अन्तर्राष्ट्रिय उपाध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले अमर बमको मृत्युदण्डको सजायं, उनलाई त्यसबाट बचाउनको लागि गरिएका पहलहरु, बचाउन सकिने सम्भावना र त्यसका लागि आवश्यक पहल र सक्रियताका सम्बन्धमा पाउर प्वाईन्ट मार्फत जानकारी गराउनु भएको थियो । उहांको प्रस्तुति पश्चात् विभिन्न वक्ताहरुले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।सो अवसरमा उपस्थित सहभागीहरूले अमर बमलाई बचाउने सम्बन्धमा सरकारलाई दवाव दिन पर्ने र आवश्यक परे आन्दोलन समेत  गर्न पर्ने कुरा व्यक्त गरेका थिए। 
सो गोष्ठीमा अमर बचाउ अभियान प्रति समवेदनशील पत्रकारहरू राजेन्द्र कुँवर, प्रेस युनियनका सचिव सन्तोष नेउपाने, नेपाल् दुबइ डट काम का सम्पादक दामोदर नेपाल् लगायतले यो अभियानलाऐ तात्विक निष्कर्शमा पुर्याउन कुनै कसर बाँकी नराख्ने बचन बद्दता प्रकट गर्नु भएका थियो। गोष्ठीमा टिप्पणी गर्दै साइन नेपाल संयोजक दयाराम पाण्डे, नेपाल् भारत मैत्री सवन्वय समिताका सभापति मेदिनी कुमार केवल, प्रवाशी नेपाली सवन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डे, समाज सेवी तीर्थ भट्ट, नोबेल एकेडेमीका सभापति नवराज पाण्डेले पनी अमर र अमर जस्ता हजारौ नेपालीहरूको पीडालाई न्युनिकरण गर्न नेपाल् विस्व सहयोग संघको नेत्रित्वमा होस्टेमा हैसे मिलाउने बचन दिनुभएको थियो। गोष्ठी पस्चात उपस्थित सहभागीहरूले नेपालका झण्डा, एन ए जी का झन्डा, अमर बमका ठूला ठूला रङीन तस्बीरहरू तथा प्ले कार्डहरू बोकी बजार परिक्रमा गरेको थियो। गोष्ठी र र्याली पस्चात टास्क फोर्सको सचिवालय मार्फत काठ्माण्डौ उपत्यका लगायत नेपालका बिभिन्न जिल्लाहरुमा अमर बहादुर बम र उहाँ जस्ता अन्य नेपालि दाजुभाइ दिदिबहिनिहरूलाई परेको मर्का र हामिहरूको दायित्व सम्बन्धी  व्यापक जना चेतना अभियानमा  सयम सेवक र कर्मचारीहरू परिचालन  भएका छन्।

अमर बहादुर बमलाई प्रत्यक्ष भेटेर दु ब ई को बस्तु स्थिति बुझ्न टास्क फोर्सका सभापति मणी नेपाली पनेरु करिव एक हप्ताव्यापी यु ए ई को औपचारिक भ्रमणमा जानु भएको थियो। सभापति पनेरुलाई नेपाल विश्व सहयोग संघका मध्य पूर्व तथा अफ्रिकाका अध्यक्ष महा प्रसाद धिताल, नेपाली समाजका अध्यक्ष कृष्ण बहादुर ढकाल, नेपाली समाज कै महा सचीव प्रकास कोइराला तथा समाज सेवी चन्द्र प्रसाद सापकोटा लगायतले स्वागत तथा आतिथ्य प्रदान गर्नु भएको थियो।  
नेपाल पत्रकार महा संघ, यु ए ई साखाले आयोजना गरेको "यु ए ई मा कार्यरत सस्थाहरू तथा औचित्य" बिषयक छलफल कार्यक्रमको बीच पनेरुलाई नेपाली समूदायलाई उहाँले पुर्याउनु भएको उदाहरणिय योगदानको लागि नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले सम्मान गर्नु भएको थियो।  सो कार्यक्रम पस्चात पनेरुको स्वागतमा  नेपाल विश्व सहयोग संघ, मध्य पूर्व तथा अफ्रिका च्याप्टरको आयोजनामा आयोजित सस्थाको परिचय तथा अन्तर क्रिया कार्यक्रममा समाज सेवी पनेरुले भावपूर्ण सम्बोधन गर्दै अमरहरुका पीडालाई आफ्नै पीडा ठानेर सम्पूर्ण समाज एक जूट भई नेपाली समूदायको हितमा ह्रिद्य देखी लाग्न अनुरोध् गर्नु भएको थियो। त्यसै गरी गोर्खा सेवा समाज यु ए ई ले पनि एक बिशेष समारोहको आयोजना गरी अमर बचाउ ग्लोबल टास्क फोर्सका सभापती तथा नेपाल विस्व सहयोग संघका अन्तर राष्ट्रिय अधक्ष मणी नेपाली पनेरुलाई सम्मान गरेको थियो। नेपाल लगायत बिभिन्न देशहरुमा पनेरुलाई गरिएको सम्मान अमर बचाउ अभियान तथा यसमा सँलग्न सम्पूर्ण संघ सस्थाहरू तथा चन्दादाताहरू  प्रति गरिएको सम्मन हो भन्ने हाम्रो ठहर छ।
प्रधानमन्त्रीको प्रतिवद्दता अनुसार् नेपाल र यु ए ई बीच द्वीपक्षीय बिषयमा छलफल गर्न र आवश्यक सन्धी गर्न छिट्टै यु ए ई को भ्रमणको तयारीबारे जानकारी लिन र अमरको जीवन रक्षाको लागि के कस्तो प्रगति भएको छ बुझ्न नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको नेत्रित्वमा एक उच्च स्तरीय प्रतिनिधि मण्डलले यु ए ई का  लागि नेपाली राजदूत राजदूत धनन्जय झा सँग भेट वार्ता भएको छ। सो प्रतिनिधि मन्डलमा यु ए ई का मुर्धन्य समाज सेवी तथा सफल व्यवशायी चन्द्र प्रसाद सापकोटा, नेपाल विश्व सहयोग संघ मध्य पूर्व तथा अफ्रिका च्याप्टरका अध्यक्ष महा प्रसाद धिताल नेपाली समाजका बद्री धमला लगायतको सहभागिता थियो।  करिव दुई घण्टा लामो सो भेट वार्तामा    यु ए ई मा बिध्यमान  समस्याहरू बिशेष गरी नेपाली कामदारहरू को स्वास्थ्य, कानूनी,एबम कामजन्य बिषयहरु छल फल भएको थियो। सो अवसरमा अमर बचाउ ग्लोबल टास्क फोर्सका सभापती मणी नेपाली पनेरुले राजदूत झा बाट धेरै जानकारी लिन पाएकोमा  महामहिम  झालाई आभार  प्रकट गर्दै अमर बहादूर बम को जीवन रक्षा गर्न तत्काल प्रधानमन्त्रीको भ्रमण मिलाउन आग्रह गर्नु भएको थियो। 

सभापति पनेरुले लामो समय देखी दु ब ई को अल अबीर सेन्ट्रल जेलमा मृत्यु दण्ड पाएर मृत्यु पर्खेर बसिरहेका अमर बहादूर बमलाई प्रत्यक्ष भेट गर्नु भएको छ। नेपाली समाजका अध्यक्ष कृष्ण बहादुर ढकालको सहयोगमा दुई दिनको कडा कसरत पस्चात भएको सो भेट अत्यन्त भावपुर्ण रहेको थाह भएको छ। यस बीच अमर बहादूर बम बारे प्रचारमा आएका कैयौं कुराहरू भन्दा फरक तथ्यहरूको रहस्य खुलेको समेत बिसेष सुत्रबाट थाह भएको छ।
सभापति पनेरुको अन्तर राष्ट्रिय सद्भावना भ्रमण को अन्तीम गन्तव्य संयुक्त अधिराज्यको राजधानीपुगेपछी याम्नेस्टी इन्टर्न्यास्नलको वोर्ल्ड हेड्क्वार्टरमा जानु भई पनेरुले इन्टर्न्यास्नल मोबिलाइजेसन निर्देशक अनिल पन्त तथा यम्नेस्टी अध्ययन तथा अनुसन्धान बिभागका मध्यपूर्व बिशेषज्ञ ड्रुअरी डाइक सँग छुट्टा छुटटै भेट्वार्ता भएको थियो। सो अवसरमा पनेरुले यु ए ई को दु ब ईको   जेलमा बिगत १० बर्ष देखी मृत्यु दण्डको सजाय पायर काल पर्खीरहेका सुदूर पश्चिम दार्चुला धारी गा वि स का अमर बहादुर बम बारे उपलब्ध दतावेज तथा फोटोहरूको सहितको प्याकेज सहित बिस्त्रित जानाकारी दिंदै निज बमको जीवन रक्षा गर्न पहल गर्न हार्दिक अनुरोध गरिएको थियो।   अत्यन्त सौर्हाद्रपूर्ण रुपमा सम्पन्न सो भेट वार्ता पस्चात नेपाल विश्व सहयोग संघ तथा यम्नेस्टी इन्टर्न्यास्नलले सामाजिक न्याय तथा मानव अधिकारका क्षेत्रहरुमा   सहकार्य गर्ने भएको छ। अमर बमा बारे याम्नेस्टी मध्यपूर्व बिसष ज्ञ डाइकले गहिरो अभिरुची लिंदै सो मुद्दा बारे थप् जानकारी माग्नु भएको थियो। यम्नेस्टी इन्टर्न्यास्नलको यो सन्लग्नता साथै अमर बमको मुद्दाको अन्तराष्ट्रियकरण भएको छ। टास्क फोर्सको केन्द्रीय सचीवालय काठ्माण्डौ अनुसार सो अभियान निरन्तर् रुपमा जारी रहेको र निकट भविष्यमा नै जना चेतना मुलक र्याली र पत्रकार सम्मेलन गर्ने तथा उच्च स्तरीय सरकारी निकायमा प्रतिनिधी मण्डल जाने र अभियानलाई तात्वीक निस्कर्षमा पुर्याउने काममा कटिवद्द रहेको जानाकारीमा आएको छ। यसै क्रममा टास्क फोर्सका प्रतिनिधिहरूले हालै नेपालका राष्ट्रपती राम बरण यादवलाई भेटेर सरकारलाई अमरहरुका पीडाहरूबारे अवगत गर्दै सो सम्बन्धी सरकारको ध्यान आकर्षित गर्न आग्रह गरेको छ।
अमर बमको अब जीवन रक्षा हुनेमा टास्क फोर्स अत्यन्त आशावादी छ। यो महान सत्प्रयासलाई हदै सम्म फलदायी बनाउन टास्क्फोर्स प्रतिवद्द छ। सेभ अमर ग्लोबल टास्कफोर्स सँलग्न सस्थाहरु, अभियानका समर्थकहरू, स्वयम् सेवकहरू,  मिडिया पार्ट्नर तथा पत्रकार बन्धुहरू र आदरणिय चन्दादाताहरू प्रति अभार प्रकट गर्दै यो अभियानलाई सफल पार्न सबैको सहयोग निरन्तर् रुपमा प्राप्त भैरहने अपेक्षा गर्दछौँ।

उमा कार्की थापा
महासचिव
सेभ अमर ग्लोबल टास्क फोर्स


सेभ अमर ग्लोबल टास्क फोर्सको प्रतिवेदन
उमा कार्की थापा –महासचिव, सेभ अमर ग्लोबल टास्क फोर्स

In Nepali

सेभ अमर ग्लोबल टास्क फोर्सको प्रतिवेदन