युवा शक्तिलाई सम्मान गर्दै सस्थापक अध्यक्ष मणी नेपाली पनेरु ज्युबाट सुम्पिएको जिम्बेवारी निभाउन  म बचन र कर्मले प्रतिबद्द मात्र नभै कटिबद्द् हुँदै सम्पन्न गर्न पाउँदा धेरै खुशि लागेको छ। स्मरण रहोस्, नेपाल विश्व सहयोग संघले लामो समय सम्म संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्यु दण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियानलाई नयाँ उचाइमा पुर्याउन बिशेष पहल गरेको  थियो। यो निकायको अनुरोधमा निज अमर बमको कानुनी उपचार तथा परिवारलाई तात्कालिन राहत दिने उद्देश्यले सुरु गरेको थियो । यो अभियान को लागि २०० भन्दा बढी उदार व्यक्ति र सस्थाहरूले ५ देखि ५०० डलर सम्म चन्दा प्रदान गरेर यो महान अभियानलाई महत्वपूर्ण उचाइमा पुर्याउन सहयोग गर्नु भएको छ। हाल सम्म प्राप्त जानाकारी ६८०१ डलर उठेको र अमर बम परिवारलाई प्रत्यक्ष सहयोग लगायत नेपाल विस्व सहयोग संघको नेत्रित्वमा विस्वव्यापी अमर बचाउ अभियान र प्रशासनिक खर्चमा नेट्वर्कको निती अनुरुप नै सिमित खर्च रहेको छ।  धेरैले  स्वत: स्फूर्त रुपमा पे पाल, मनि अर्डर, चेक् र  नगद गरी चन्दा पदान गरी अभियानलाई सहयोग गर्नु भएको लागि सम्पुर्ण उदार चन्दादाताहरूलाई हार्दिक आभार प्रकट गर्दछु। प्राप्त सम्पुर्ण चन्दा दाताहरूको नामावली वेब साइटमा प्रकाशित गरिएको छ। सो नामावलीमा त्रुटी देखिएमा nagcglobal@gmail.com मा ईमेल गर्न हार्दिक अनुरोध् गरिन्छ।

अमरका पीडित परिवारलाई तात्कालिन सहयोग पुर्याउन रु पचास हजारको सहयोग गर्ने घोषणा गरे अनुरुप धनगढीमा रहेका अन्तरराष्ट्रिय उपाधक्ष तथा नेट्वर्कका कार्यकारी निर्देशक  राजेन्द्र देवकोटा पिडित अमरका परिवारलाई दार्चुला धारी गा बी स गएर भेट्नु भएको छ। त्यसका साथै दार्चुलाको सदरमुकाम खलङामा एक बिशेष समारोह बीच दार्चुलाका प्रमुख जिल्ला अधिकारीको हात बाट रु ५०,००० हस्तानन्तरण भैसकेको छ। समरण रहोस् यो परिवारलाई तात्कालिन राहत स्वरुप  एउटा सानो रकम मात्र हस्तानन्तरण गरिएको हो।

तात्कालिन अनुसन्धान द्वारा अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपायहरू पहिचान गरिए अनुसार् अभियानले कार्य गरेको छ।

१: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने
२: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ।
३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने।

यस बिच अन्तरराष्ट्रिय संघ संस्था तथा प्रभाव शाली  व्यक्तित्वहरू सँग समेत सहयोग लीई अन्तरराष्ट्रिय जन चेतना जगाउन सफल भएको छ।
हाल सम्म भएका प्रगतिहरूको सङ्क्षिप्त झलक तल दीईन्छ
१ नेपालका प्रधान मन्त्रीलाई अनुरोधपत्र पठाइएको छ। व्यापक जनदबाबको फलस्वरुप नेपालका प्रधानमन्त्री बाबुराम भट्टराइले यु ए ई का प्रधानमन्त्रीलाइ परराष्ट्र मन्त्रालय  मार्फत पत्र पठाई सकेको र कुट्नैतिक पहल सुरु भएको जानाकारी प्राप्त भएको  छ। यो अभियानको महत्वपुर्ण फड्कोको रुपमा लिन सकिन्छ।
२ विस्वका प्रभावशाली व्यक्तिवहरू सँग पत्र व्यबहार-नेट्वर्कले विश्व बिख्यात नोबेल पुरस्कार बिजेताहरू, नेल्सन मण्डेला, जिम्मी कार्टर, कोफी अन्नान, मुहम्मद युनुस्  तथा प्रोफेसर चार्ल्स टाउन्सस लाई अमरको बारेमा जानकारि दिंदै उसलाइ बचाउन सहयोग गर्न अनुरोध् पत्र पठाइएको छ।
३. विस्व विख्यात नोबेल पुरस्कार बिजेता प्रोफेसर चार्ल्स टाउन्सले शरद शेट्टीको परिवार र यु ए ई का राष्ट्रपती तथा प्रधान मन्त्रीलाई अत्यन्त मार्मिक तथा प्रभावकारी पत्र पठाइसक्नु भएकोले यस सम्बन्धी प्रयाशलाई महत्वपुर्ण योगदान  पुग्ने विश्वास गरिएको छ।  चार्लस टाउन्सको पत्रले अमरको मुद्दामा गम्भीर अन्तराष्ट्रिय  चासो रहेको कुरालाई पुष्टी गर्ने हुनाले यो आफैँमा एक महत्वपुर्ण उपलब्धी भएको छ।  
४याम्नेस्टी इन्टर्न्यास्नलको मुख्य कार्यलयमा अमर सम्बन्धी सम्पुर्ण जानकारी गराउने पत्र पठाउनुका साथै मुख्य कार्यलयमा सोझै टेलिफोन वार्ता भएको छ। सो निकायले यस सवाल सम्बन्धी  प्रक्रिया सुरु गरेको छ।
५  अन्तरराष्ट्रिय ख्यातिप्राप्त मानव अधिकार वादी सस्थाहरू जस्तै क्याम्पेन अगेन्स्ट डेथ पेनाल्टी, ह्युमन राइट्स वाच सँग संपर्क राखी सहयोग लिन प्रयासरत रहेको छ।
६  अमर  बचाउ अभियानलाई दवाव दिने उद्देश्यले प्रत्यक्ष हस्ताक्षर अभियान सुरु भएको छा र बिधुतिय हस्ताक्षर पनि सुरु भई संसारभरीका नेपाली र बिदेशि नागरिकहरूले समेत हस्ताक्षर दीई रहेका छन्।
७  अमरको तस्बीर अँकित पोस्टरहरू प्रकाशन गरि सार्वजनिक स्थानहरुमा राखिएका छन्
८   हाल सम्म अमरलाई परेको अन्याय  बारे अवगत गराउन बिभिन्न मेलाहरुमा घुम्ती सूचना केन्द्र (बूथ) सन्चालन गरेर, अन्य सार्वजनिक भेलाहरुमा हजारौंको संख्यामा पर्चाहरू वितरण भएका छन

९  अमरका पीडित परिवारलाई तात्कालिन सहयोग पुर्याउन रु पचास हजारको सहयोग गर्ने घोषणा गरे अनुरुप हाल धनगढीमा रहेका NAGC अन्तरराष्ट्रिय उपाधक्ष तथा नेट्वर्कका कार्यकारी निर्देशक राजेन्द्र देवकोटा अमरको परिवारलाई घरमा नै भेटेर बस्तु स्थिती बुझे पछी एक बिशेश समारोह आयोजना गरी रकम हस्तानन्तरण भएकोमा अमर र अमरका परिवारले आभार व्यक्त गरेको छ। 

१० नेट्वर्कको प्रभावकारितालाई बृदि गर्न सबै च्याप्टरहरूलाई समेट्ने गरि मूल समितिलाई बिस्तार गरे पनि सोझै सरोकार राख्ने देशहरू यु ए ई, नेपाल र अमेरिकामा अन्य सम्बन्धीत संघ सस्थाहरूसँग सवन्वय परिषद मार्फत कार्य भैरहेको कुरा सर्वविदितै भएको कुरा विश्वास गरेको छु।

११ अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुको को ए एन ए सम्मेलनमा एन आर एन सस्थापक अधक्ष डा उपेन्द्र महतो, एन आर एन एन सी सी अ मेरिकाका अध्यक्ष प्रल्हाद के सी, ए एन ए महासचीव बिजय थापा, एन एस टी अध्यक्ष प्रेम अधिकारी,डलास एभ्रेस्ट लायन्स कलब का अध्यक्ष शिव काफले,  समाजसेवी मुरली अधिकारी, कृष्ण लामिछने  लगायतका प्रभावशाली व्यक्तित्वहरू सँगको भेट्वार्ताले अमर बचाउ अभियानले नयाँ मोड लिएको थियो।
१२ पस्चिम अमेरिका नेपाली महासंघ की सस्थापक अधक्षको सभापतित्वमा एन आर एन, ए एन ए, नासा, अन्मा, वाना, डलास एभ्रेस्ट लायन्स क्लब तथा सेब्स नर्थ अमेरिका लगायतका प्रभावकारी संघ सस्थाहरू समावेस भएको सेभ अमर राष्ट्रिय सवन्वय परिषदको गठन पस्चात अभियानले थप उचाई प्राप्त गरेको थियो।
१३  अमर बचाउ अभियानलाई तिब्रता दिन तथा राष्ट्रिय  सवन्वय परिषदका सदस्यहरू सँग आवस्यक सरसल्लाह गर्न सस्थापक अध्यक्षको अमेरिका को पूर्वी राज्यहरूको सद्भावना भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको थियो। आफ्नो भ्याकेसनको समेत त्याग गरी आफ्नै नीजी खर्चमा गर्नु भएको यो भ्रमणलाई एन ए जी सी को इतिहासमा सम्मान पूर्वक स्मरण  गरिने नै छ्।  यसको लागि अध्यक्ष पनेरु, एन ए जी सी प्रथम महिला हेमा पनेरु र पनेरु परिवारलाई सेभ अमर इन्टर्न्यास्नल नेट्वर्क हार्दिक धन्यवाद ज्ञापन  गर्दछ।

अभियानमा सँलग्न हुन चाहनेहरूले, नगद, चेक अथवा अन्लाइन मार्फत चन्दा दिन सक्ने व्यवस्था गरिएको थियो। यो नेट्वर्कको प्रमुख कार्य भनेको अमरको ज्यान जोगाउनको लागि नैतीक, कानुनी र आर्थिक सहयोग जुटाउनु रहेको र उठेको रकमबाट निज बम र परिवारको लागि सहयोग जुटाइने नीती अनुरुप केही रकम प्रत्यक्ष सहयोगमा निकासा भएको र केही रकम विश्वव्यापी अमर बचाउ अभियान मार्फत खर्च  भए पनि उठेको अधिकाश रकम नेट्वर्क कै स्वामीत्वमा रहेकोले सो रकमलाई सवन्वयात्मक व्यवस्थापन गर्दै  समन्धित परिवारलाई हस्तानान्तरण गर्ने व्यवस्थापन मिलाउन निम्न प्रक्रितीको

1.संयोजक -नेपाल विश्व सहयोग संघ
2.सदस्य -प्रतिनिधी अमर बम परिवार
3.सदस्य- अमर बचाउ राष्ट्रिय सवन्वय परिषद, अमेरिका
4.सदस्य- अमर बचाउ राष्ट्रिय सवन्वय परिषद, नेपाल
5.सदस्य- अमर बचाउ राष्ट्रिय सवन्वय परिषद, यु ए ई
6.सदस्य- चन्दादाताहरू बाट १ प्रतिनिधि
7.सदस्य-ग्लोबल टास्क फोर्सले मनोनित गरेको कानूनी सल्लाहकार

विश्व स्तरीय कार्य सम्पादन परिष्द Global Task Force   निर्माण गरि सोही निकाय मार्फत अभियानलाई सम्पन्न गर्न सिफारिस साथ अनुरोध् गर्दै सेभ अमर इन्टरन्यास्नल नेट्वर्कको जिम्बेवारीबाट बिधीवत विदा भएको घोषणा गर्दछु।

युवराज कार्की
संयोजक
सेभ अमर इन्टरन्यास्नल नेटवर्क
तथा
अन्तर राष्ट्रिय उपाधक्ष
नेपाल विश्व सहयोग संघ

सेभ अमर इन्टर्न्यास्नल नेट्वर्क(SAIN)को फाइनल्   प्रतिवेदन
युवराज कार्की-SAIN Coordinator
समाचार र लिन्कहरू (नेपाली) 
In Nepali