यर्ूर्एइको दर्ुबईस्थित जुमेरा जेलका प्रमुख मार्फत  अमर बहादुर बम त्यहाँ भएको जानकारी सन् २००५ मा पाएँ । जतिबेला यर्ूर्एइ सरकारले गैर कानुनी रुपमा त्यहाँ बसेकालाई क्षमादानको प्रक्रिया बर्ढाईरहेको थियो । त्यति बेला पहिलो चोटी उनलाई सामान्य रुपमा भेट्दा खासै कुरा गर्न चाहेनन् । डर, त्रासले होला, किनकी उनको अनुहारबाट प्रष्ट हुन्थ्यो कि उनी आफ्नो मृत्युदण्डको फैसला कार्यान्वयन हुने त होइन या भए कहिले हुने भन्ने मा नै चिन्तित भए जस्तो लाग्थ्यो ।
जब दर्ुबईको जुमेराबाट उनलाई अल अबिर जेलमा सारियो त्यति बेला उनलाई अब मलाई मृत्यु दण्ड दिने भयो भनेर साह्रै आत्तिएछन् । घर,परिवार, आमा, श्रीमतीको बारम्बार याद आईरहेको थियो, गाउँका पाखा पखेरा, महाँकालिको चिसो हावा अनि धारी गाविसको बाल्यकाललाई सम्झेर रोएका थिए रे । यो कुरा उनले मलाई सन् २००७ मा अल अबिर जेलमा दोश्रो पटक भेट्दा बताएका हुन् । त्यतिबेला सम्म म पनि सामाजिक कार्यमा अलि व्यस्त भैसकेको अवस्था थिएन र नयाँ ठाउँमा नयाँ कर्मचारीहरु, धेरै अनुहारहरु, मेरो उनीसँगको सर्म्पर्क त्यति बाक्लो भएको पनि थिएन । त्यसैले होला मलाई त्यहाँको प्रशासनले त्यति लामो समयसम्म भेट गर्न दिएन ।
नेपाली समाज यर्ूर्एइको उपाध्यक्ष तथा नेपाली समाजले मलाई समस्यामा परेका नेपालीहरुको उद्धारको जिम्मेवारी दिएदेखि मेरो दैनिकीमा निकै परिवर्तन भयो । स्थानीय संघ संस्था, प्रहरी, प्रशासन, अदालत, अस्पताल धाउने मेरो दिन चर्या नै बन्यो । दैनिक रुपमा गैर कानुनी रुपमा बसेकाको समस्या समाधान, श्रम तथा शारिरिक रुपमा शोषणमा परेका चेलीहरुको उद्धार, दर्ुघटनामा परी ज्यान गुमाएकाको क्षतिपर्ूर्ति लगायत टिकट नहुनेलाई हवाई टिकट, पासपोर्ट नभएकालाई दूतावाससँग समन्वय गरी ट्राभल्स डकुमेण्ट लगायतको कामले म यति व्यस्त भएँ कि आफ्नो व्यक्तिगत जीवन नै रहने जस्तो लाग्थ्यो । मेरो स्पोन्सर मेरो सामाजिक कार्यको लागि सहयोगी थिइन् । उनी स्वयम् पनि त्यहाँको प्रतिष्ठित संस्थामा आवद्ध भएकोले मेरो समस्या उनले बुझ्थिन् । त्यसकारण कम्पनीको दबाब म प्रति त्यति थिएन । तर म आफ्नो काम जसले म, मेरो परिवार र मेरो भविष्यलाई हेथ्र्यो त्यो जिम्मेवारी प्रमुखताका साथ म निभाउँथें । यसले गर्दा नै मैले सामाजिक कार्यलाई निरन्तरता दिन सकेको थिएँ ।
म अल अबिर जेलमा प्रायः जसो हप्तामा दर्ुइ तीन पटक श्रम तथा अध्यागमन जेलमा गइरहन्थें तर सेन्टर जेलमा कमै मात्र जान्थें किनकी त्यहाँ त्यहाँको उच्च अदालतले अन्तिम फैसला दिएका र छुटाउन सकिने अवस्थाका कमै मात्रा मानिस हुन्थे । सेन्ट्रल जेलमा अपराधिक गतिविधिमा संलग्न भएकालाई बारम्बार भेट गर्नु उपयुक्त थिएन र त्यहाँको प्रशासन पनि त्यो नहोस् भन्ने चाहन्थ्यो । तर अमरको विषयमा के गर्न सकिन्छ, कस्तो पहल गर्नु पर्ला, त्यहाँको परम्परा के छ - विगतमा के कसरी क्षमादान पाएका थिए, त्यो अध्ययन भने मैले गरिरहेको थिएँ ।
म समाजको उद्धार समिति संयोजक भएकोले हरेक बैठकमा प्रतिवेदन पेश गर्दा त्यो जानकारी म दिन्थें र यस विषयमा दूतावासलाई समेत जानकारी दिएको थिएँ । तत्कालिन अवस्थामा प्रथम सचिव प्रकाशमणि पौडेलजीलाई जानकारी दिंदा उहाँले त्यहाँको जेल भिजिट गर्नु भएको थियो । पछि अमरको केश अलि जटिल र हाम्रो संस्था नेपाली समाज यर्ूर्एइले मात्र पहल गरेर सम्भव नहुने निष्कर्षा म पुगें । किनकी नेपाली समाज यर्ूर्एइ आफैंमा यर्ूर्एइ सरकारमा दर्ता भएको संस्था होइन । नेपाली दूतावासको पनि आफ्नै सीमा, कूटनैतिक मर्यादा लगायत विभिन्न समस्या हुँदो रहेछ । त्यहाँको अदालतले गरेको फैसलालाई सिधै चुनौति दिन सकिने अवस्था थिएन र दिनु पनि हुँदैन थियो । किनकी हामी स्वयम् त्यस देशको निमय कानुन पर्ूण्ा रुपमा पालना गर्र्छौं भन्ने प्रतिवद्धताका साथ रोजगारीमा लागेका थियौं । त्यसैले त्यहाँको अदालतको फैसलालाई हामी सम्मान गर्दै मानवीय विकल्पको बाटो तथा अदालतको नियम अनुसार अपील गर्ने दर्ुइ वटा विकल्पमा हामी सहमत थियौं । प्रयास अगाडि बढिरहेको थियो । यस्तैमा नेपाल विश्व सहयोग संघको २५ जुलाई २००८ मा स्थापना भएको मेरो जानकारीमा आयो । जो अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भएर विश्व भरका पीडित नेपालीको सहयोगमा लाग्ने वचन वद्धताका साथ अगाडि आएको थियो ।
अमर बमको घटनालाई विश्वव्यापिकरण गर्न र मानवीयताका आधारमा उसको मृत्यु दण्डको सजायँलाई उन्मुक्ति दिलाउन यस संस्था मार्फ लाग्नु पर्छ भन्ने मेरो सोचका साथ संस्थाका संस्थापक अध्यक्ष मणि नेपालीसँग नेपालमा भेट गर्ने सहमति भयो । त्यस अनुरुप  वहाँ अमेरिकाबाट र म दर्ुबईबाट काठमाडौं आयौं र मध्यपर्ूवमा रहेका नेपालीहरुको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भयो । जस अनुरुप नेपाल विश्व सहयोग संघको मध्यपर्ूवमा स्थापनाको जिम्मेवारी लिएर म यर्ूर्एइ गएँ । यर्ूर्एइ लगायत कतार, ओमान, साउदी अरेवियार्,र् इजरायल, सुडान, साउथ अफ्रीकामा यसको सर्म्पर्क विस्तार भयो । एक आपसका समस्या आदान प्रदान हुन सुरु भयो । समस्याको निराकरण तथा सहजीकरणमा सजिलो महशुस भयो । म नेपाल विश्व सहयोग संघको मध्य पर्ूवको संस्थापक अध्यक्ष तथा नेपाली समाज यर्ूर्एइको निर्वाचित पार्शद अध्यक्ष भएकोले स्थानीय समस्यालाई विश्वव्यापिकरण गर्न सजिलो भयो ।
अमर बहादुर बमको घटनालाई नेपाली दूतावासका तत्कालीन महामहिम राजदूत अर्जुन बहादुर थापालाई नेपाल विश्व सहयोग संघ तथा नेपाली समाज यर्ूर्एइको तर्फाट विस्तृत जानकारी गराउने तथा त्यसमा पहल गर्नको लागि अनुरोध गरियो । महामहिम राजदूत अर्जुन बहादुर थापाबाट तत्कालै यस घटनालाई हर्ेर्नेगरी प्रथम सचिव लोक बहादुर क्षेत्री तथा जितेन्द्र लाभलाई निर्देशन भए बमोजिम जुन ३०, २०१० मा हामी तीनै जना सेन्ट्रल जेलमा अमर बम लगायत अन्यलाई भेट्ने तथा समस्याको जानकारी लिने र स्थानीय प्रशासनसँग तिनीहरुको विषयमा छलफल गर्ने कार्य भयो । अमर बमसँग फरक ल्बकमा रहेका तीन जना नेपालीको सरकारी मुद्दा मैले हेरिरहेको जानकारी समेत दूतावास प्रतिनिधिलाई  गराएँ । केही समयपछि उनीहरुलाई जेलमुक्त गरी मैले नेपाल पठाएको खबरले अमर बमलाई पनि म पनि बाँच्न सक्छु कि भन्ने मरिसकेको आश फेरि पलाएको कुरा उनले भेटमा भनेका थिए । उनको केश हामीले सोचे भन्दा जटिल भएको र त्यस विषयमा उनले आफू निर्दोश भएको कुरा म समक्ष बारम्बार राखेका थिए । यिनै कुरा दूतावास प्रतिनिधि सामू उनले पुनः दोहोर्याए । दर्ुबई तथा शारजाहको जेल भिजिटको बारेमा नेपाल विश्व सहयोग संघ तथा नेपाली समाजको तर्फाट म स्वयम्ले महामहिम राजदूत अर्जुन बहादुर थापालाई भेटेर एक चोटी स्वयम जेल भिजिट गर्न अनुरोध गरें । मेरो काम गर्ने शैली दर्ुबई तथा शारजाहमा रहेका सयौं समस्याहरुलाई समाधान गरेको जानकारी उहाँमा थियो । आवश्यक पर्दा राति समेत दूतावास खुलाई ट्राभल्स डकुमेण्ट बनाईदिने जस्ता उहाँको काम गर्ने शैलीबाट म प्रभावित भएँ । फलस्वरुप नेपाली झण्डा फहराउँदै पहिलो पटक दर्ुबईको जेलमा नेपाली राजदूत अर्जुन बहादुर थापा अमर बमलाई भेट्न गएको दृष्य म अबिर जेलको ढोकाबाट हेरिरहेको थिएँ । कुटनैतिक मर्यादा अनुरुप जेलका प्रमुखसँग अमरको विषय लगायत अन्य कुरा गर्दा हामी उपस्थित हुन नमिल्ने कुरा मलाई जानकारी थियो । हामी सामाजिक कार्य गर्नेलाई दर्ुबई जेलमा कुनै पनि बेला जान सकिन्थ्यो तर दूतावासबाट भेट गर्न जाने प्रक्रिया कूटनीतिक मर्यादा एवम् प्रचलनले गर्दा अलि समय लाग्दो रहेछ । त्यो कुरा त्यसबेला त्यहाँको जेलरबाट मैले जानकारी पाएँ । हामी सामाजिक कार्यकर्ता एवम् आम नागरिकको भावना सधैं जेलमा दूतावास पुगोस् भन्ने चाहना दूतावासले चाहँदैमा पनि पूरा नहुने रहेछ । कूटनैतिक मर्यादा पूरा गर्नै पर्ने रहेछ । राजदूतले अमरलाई भेटेपछि अबुधावी दूतावासमा यस विषयमा वहाँ र मेरो बीच यस विषयलाई कसरी अगाडि लैजाने, पुनः अपील गर्न मिल्ने नमिल्ने लगायतका विषयमा छलफल भयो । उहाँले दर्ुबईको रुलरसँग कुरा राख्ने वचन दिनु भयो र कानुनी आधारको बीचमा के गर्न सकिन्छ भन्ने विषयमा जुन सक्रियता उहाँले देखाउनु भयो त्यसको लागि उहाँ आज जहाँ भए पनि एक सामाजिक कार्य गर्ने व्यक्तिको हैसियतले धन्यवाद दिनै पर्छ । किनकी अन्य व्यक्तिहरुसँग पनि काम गर्राईको मेरो अनुभव थियो ।
यता नेपाल विश्व सहयोग संघले पनि आफ्नो तर्फाट राष्ट्रिय तथा अन्तर्रर्ााट्रय स्तरका वकिलसँग राय सुझाव, सल्लाह, परामर्श गर्दै थियो । यसै क्रममा म मेरो व्यक्तिगत कारणले नेपाल र्फकनु पर्ने भयो । मैले मेरो दर्ुबई बर्साईको क्रममा हजारौं केशहरु समाधान गरें तर आफ्नै क्षेत्रका अमर बहादुर बमको मृत्यु दण्डलाई उन्मुक्ति दिलाउन नसकेको पीडा मैले आजसम्म बोकिरहेको छु । यही भावना अगष्ट ७, २०१० मा नेपाल आदिवासी जनजाति महासंघ यर्ूर्एइले गरेको विदाई कार्यक्रममा मैले मेरा अग्रज सि.पी. सापकोटा तथा कृष्ण ढकाल ज्यूलाई सामाजिक कार्यमा पुनः सक्रिय भै लाग्न अनुरोध गरेको थिएँ । वहाँहरु दुबैजना यर्ूर्एइको सामाजिक धरातलका धरोहर हुनुहुन्छ । वहाँहरुबाटै मैले सामाजिक कार्यको थालनी गरेको थिएँ जसले गर्दा मैले यर्ूर्एइ छोड्दा त्यहाँका संघ संस्था, दूतावास तथा सम्पर्ूण्ा प्रवासीले दिएको सम्मानले पुनः फेरि अधुरो रहेको अमर बहादुर बमको जीवन रक्षा गर्ने पहललाई नेपाल विश्व सहयोग संघ मार्फ पहल गरिहरको छु ।
नेपालमा उनको पारिवारिक अवस्था बुझ्न संस्थाका अध्यक्ष मणि नेपालीको निर्देशनमा दार्चुलासम्म पुगें । चार दिनसम्म दार्चुलाको बर्साईमा त्यहाँका स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता, समाजसेवी, स्थानीय प्रशासन लगायत सबैसँग यस विषयलाई उठाउन आग्रह गरेँ । विभिन्न ठाउँमा यस कुरालाई राख्ने प्रयास भयो । फलस्वरुप विभिन्न राजनैतिक दल, पत्रका, वकिल, समाजसेवी र सम्पर्ूण्ा नेपाली अमर बमको जीवन रक्षाको लागि पहल गरिरहेका छन् ।
उनका बुबा कर्ण्र्ााहादुर बम, श्रीमती धनिसरा बलमे राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्रि लगायत सबै संघ संस्थाहरुलाई भेटी जीवन रक्षाको अपील गरेका छन् । आर्थिक समस्याले समेत पीडित अमर बमको परिवारलाई नेपाल विश्व सहयोग संघका संस्थापक अध्यक्ष मणि नेपाली पनेरुको निर्देशनमा म स्वयम् दार्चुला गई त्यहाँका राजनैतिक दल, पत्रकार, समाजसेवी सबैको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फ रु. ५०,०००। न्गद हस्तान्तरण समेत गरियो ।
दार्चुला, कञ्चनपुर, कैलाली लगायत स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा अमर बचाउ अभियान नेपाल विश्व सहयोग संघको क्बष्ल मार्फ चलिरहेको छ भने म स्वयम् परराष्ट्र सचिव, श्रममन्त्री, सम्बन्धित विभाग लगायत प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईलाई भेट गरी यस विषयमा जानकारी गराउने काम भएको छ । क्ब्क्ष्ल् को नेशनल कोअर्डिनेटर दयाराम पाण्डे र म स्वयम् परराष्ट्रका प्रवक्त तथा तत्कालिन यर्ूर्एइका लागि नेपाली राजदूत अर्जुन बहादुर थापालाई भेटी अमर बमको विषयमा अझ बढी पहल गर्न अनुरोध गरेका थियौं । यिनै पहल स्वरुप नेपाल सरकारको तर्फाट यर्ूर्एइं सरकारलाई अमर बमको मृत्युदण्डको सजायँबाट उन्मुक्ति दिलाउन आधिकारिक पत्र पर्ठाईसकिएको छ । नेपाल विश्व सहयोग संघ, प्रवासी नेपाली समन्वय समिति तथा नेपाली समाज यर्ूर्एइले संयुक्त रुपमा अमर बचाउ अभियान स्वरुप पोष्टर निर्माण गरी पोष्टरिड. गर्ने कार्य शुरु भएको छ । यसको खर्च क्बष्ल ले ब्यहोर्ने सहमति तथा जनशक्ति तथा सूचना केन्द्र एल्ऋऋ ले गर्ने मौखिक सहमति भएको छ भने नेपाली समाज यर्ूर्एइ तथा प्रवासी नेपाली समन्वय समिति र नेपाल विश्व सहयोग संघ बीच ःइग् गर्ने पहल अन्तिम चरणमा पुगेको छ ।
नेपाल विस्व सहयोग संघ केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशन सुझाव सल्लाह बमोजिम हाम्रो संस्थाको अनुरोधलाई स्वीकार गरी नोबेल पुरस्कार विजेता चार्ल्स टाउन्ससबाट अमर बमको जीवन रक्षाको लागि लेखिएको पत्र प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईको कार्यालय तथा राष्ट्रपति कार्यालयमा दर्ता गराइएको छ भने यर्ूर्एइ सरकारलाई समेत पत्र पर्ठाईसकिएको छ ।
नोबेल पुरस्कार विजेता टाउन्ससको अनुरोध पत्र शरद सेठ्ठीको नजिकको परिवारलाई समेत हस्तान्तरण गर्ने र आम माफीको लागि अनुरोध गर्ने वातावरण मिलाउंदै गरेको छु ।

राजेन्द्र देवकोटा


अमर बमको जीवन रक्षा गरौं
                                       राजेन्द्र देवकोटा

अमरको मार्मिक कथा
In Nepali