नेपाल विश्व सहयोग संघद्वारा गरिएका अमर बचाउ अभियान
सम्बन्धी समाचारहरू
In Nepali

समाचार र लिन्कहरू (नेपाली)
नेपाल विश्व सहयोग  संघ NAGCद्वारा सेभ अमर इन्टर्न्यास्नल नेट्वर्क गठन
दार्चुला जिल्ला धारी गाविस ५ स्थायी घर भएका अमर बहादुर बमलाई संयुक्त अरब इमिरे ट  UAE को दबई अदालतले भारतीय नागरिक सरद सेट्ठीको हत्या अभियोगमा संग्लन भएको भनि सन् २००३ मा मृत्युदण्डको सजाय पाई हाल दुबई  को अल अविर जेलमा कैद छन् । विभिन्न सञ्चार माध्यममा संघ संस्था एवमं उनले भनेका कुराहरुबाट उनी निर्दोष भएको र उनलाई मृत्युदण्डको सजायबाट उन्मुक्ति दिलाउन विभिन्न संघ संस्था सँग सहकार्य गर्दै आएको नेपाल विश्व सहयोग संघ NAGC ले निजको धर्मपत्नि धनिसा बमलाई एक कार्यक्रमको आयोजना गरी रु ५०,०००। अक्षेरुपी पँचास हजार मात्र नगद सहयोग प्रदान गर्यो ।

दार्चुला जिल्ला खंलगा स्थित सभा हलमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री चिरञ्जीवि अधिकारीले सो संस्थाबाट प्राप्त नगद हस्तान्तरण गर्नुभयो । नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष श्री नरेशप्रसाद जोशीको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा नेपाल विश्व सहयोग संघका अन्तराष्ट्रिय उपाध्यक्ष एवंम अमर बचाउ अभियान SAIN कार्यकारी निर्देशक  श्री राजेन्द्र प्रसाद देवकोटाले हालसम्म भएका उपलब्धी, प्रयास एवम अमर बचाउँ अभियानको विषयमा जानकारी दिनुभएको थियो ।

नेपाल विश्व सहयोग संघका अन्तराष्ट्रिय अपाध्यक्ष हिजो मात्रै निज अमर बहादुर बमको घरमा गई त्यहाँको अवस्थाबारे जानकारी लिनु भएको थियो ।



नेपाल विश्व सहयोग संघ NAGCद्वारा अमर बमको परिवारलाई रु ५०,०००. ०० आर्थिक सहयोग हस्तानान्तरण
९६ बर्षिय अत्यन्त आदरणिय अन्तर्राष्ट्रिय व्यक्तिव, बरिष्ठ प्राध्यापक चार्ल्स टाउन्सले दार्चुला धारी गा वी स निवासी अमर बमको हृदय बिदारक बिबरण सुने पछि निज अमर निर्दोष भएको विश्वास गर्दै उनीलाई बचाउन पहल गर्नु भएको छ। ईस्लामिक कानुन अनुसार दिबङतका परिवारले माफी दिएमा अमर सजिलै छुट्ने कुरा थाह पाए पछि उहाँले शेट्टिको परिवारलाई सम्बोधन गर्दै अमरलाई बचाउन एक मर्मस्पर्शी अनुरोधपत्र लेख्नु भएको छ। सो पत्र नेपाल विश्व सहयोग संघका सस्थापक एबम अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु तथा सेभ अमर इन्टर्न्यास्नल नेट्वर्कका संयोजक युवराज कार्की अनुरोधमा लेख्नु भएको हो। विभिन्न ख्याती प्राप्त व्यक्तिवहरूलाई संपर्क गर्ने क्रममा उहाँलाई भेट गर्न अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु उहाँकी धर्मपत्नी तथा लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी निर्वाचित द्वितिय उपाधक्ष लायन हेमा पनेरु तथा संयोजक युवराज कार्कीले टाउन्सलाई भेटेर अमरको बारेमा बिस्त्रित जानकारी दिंदै  उनीलाई छुटाउन पहल गर्न अनुरोध् गरेको थियो।
१९६४ का नोबेल पुरस्कार बिजेता चार्ल्स टाउन्सले लेजर र मेजर लगायत कैयौं बैज्ञानिक  आबिस्कार गर्नु भएको थियो। टाउन्सले नोबेल पुरस्कारका अतिरिक्त प्रतिष्ठित टेम्लेटन पुरस्कार लगायत थुप्रै पुरस्कार र ३२ बटा मानार्थ विध्या बारिधी पाउनु भएको छ।
दिबङत शरद शेट्टिका आधिकारिक प्रतिनिधिलाई सम्बोधन गर्दै चार्ल्स टाउन्सले भन्नु भएको छ, " मलाइ शेट्टी परिवार प्रति ठुलो सहानुभुति छ। शरद शेट्टीलाई फर्काउन असम्भव छ, तर दिबङत आत्माको शान्तिको लागि एक निर्दोष मानिस सजायमुक्त हुनु पर्छ। म मानवता र सर्वशक्तिमान परमेश्वरको नाउँमा उहाँसँग सम्बन्धित सबैलाई अमरलाई छुटाउन सहयोग गर्न अनुरोध् गर्दछु।“  प्राप्त जानकारी अनुसार टाउन्सले यु ए ई का राष्ट्रपती शेख खलिफा र प्रधान मन्त्री शेख मुहम्मदलाई पनि निर्दोष अमरलाई माफी दिन अनुरोध गर्दै यु एस एक्स्प्रेस मेल मार्फत पत्र पठाइसक्नु भएको छ।

महामानव चार्ल्स टाउन्स द्वारा अमर बचाउने पहल
नेपाल विश्व सहयोग संघद्वारा ३ महिना पहिला सो संघका अन्तराष्ट्रिय अध्यक्ष युवराज कार्कीको संयोजकत्व गठित अमर बचाउ अन्तराष्ट्रिय सन्जाल (SAVE AMAR INTERNATIONAL NETWORK)  सुरु गरे देखि यता अमर बचाउ अभियानमा तिब्र प्रगती भएको छ। हालै गठित उच्चस्तरीय  अमर बचाउ राष्ट्रिय सवन्वय परिषदले आफ्नो कार्य सुरु गरेको छ। पश्चीम अमेरिका नेपाली महासंघ WANA को अध्यक्ष उमा कार्की थापाको नेतृत्वमा, एन आर एन एन सी सी, यु एस ए, एन ए जी सी, नेपलिज असोसियसन अफ साउथ ईस्ट अमेरिका NASEA, असोसियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका ANMA , आलायन्स अफ नेप्लिज लायन्स क्लबस् लगायत महत्वपुर्ण सस्थाहरू सम्मिलित Save Amar National Coordination Council, USA हालै गठन भएको थियो। अमर बचाउ अभियानका यस्ता राष्ट्रिय समन्वय समिती मध्य यो तेश्रो हो र यो समितीले सो अभियानलाई तात्विक निष्कर्षमा पुर्याउन  महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। 

यसै बीच लामो समय देखि यु ए ई को जेलमा मृत्यु दण्डकोलाई पर्खिरहेका दार्चुला निवाशी अमर बहादुर बमलाई  बचाउन उदार हृदयले चन्दा प्रदान गर्ने व्यक्तित्वहरू सम्मानित भएका छन्। नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको प्रमूख आतिथ्यमा सम्पन्न एक समारोहमा सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापाले डोनेसन सर्टिफिकेटहरू प्रदान गर्नु भयो। सो कार्यक्रममा ए एन एस का अध्यक्ष रविन प्रधान, पशुपति फाउन्डेसन यु एस ए का भक्त थापा, जनसम्पर्क समिति लस अन्जेलसकी अध्यक्ष टीका चौधरी तथा नेपाल अमेरिका एकता समाज, एन आर एन, ए एन एस, नेपाली जन संपर्क समिती, पशुपतिनाथ फाउन्डेशन लगायत सस्थाहरुका उच्च पधादिधाकारीहरू लगायत उल्लेख्य उपस्थिती रहेको थियो।

सो कार्यक्रममा पनेरुले नेपाल विश्व सहयोग संघ तथा  अमर बचाउ अभियान सम्बन्धी प्रकाश पार्दै लस एन्जलस क्षेत्रका क्षेत्रका नेपालिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।  उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो” हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपाय हरू छन् : १: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने २: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ। ३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने सस्थाहरू र व्यक्ती हरूले आशंका व्यक्त गरे पनि  त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।

सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापा, परिषदकै एन ए जी सी प्रतिनिधि पुन्नखर ढकाल ॠषि, तथा नेपाल विश्व सहयोग संघ अमेरिका च्याप्टरका कोषाधक्ष तिलक कार्कीको सक्रियतामा उठेको $ 1274 .00 पनेरुलाई हस्तानन्तरण भएको र सो रकमलाई सम्बन्धित कोषमा जम्मा गर्न एन ए जी एम्बासडर इमर्जेन्सी फण्ड का सभापति पुन्नखर ढकाल ॠषिलाई जिम्बेवारी  दीईएको छ। यो रकम समेत गरी हालसम्म $ 4916.00 यु एस डलर प्राप्त भै सकेको र थप रकमहरू प्राप्त हुने क्रममा छन्।  स्मरण रहोस्, नेपाल विश्व सहयोग संघले लामो समय सम्म संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्यु दण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियानलाई नयाँ उचाइमा पुर्याउन बिशेष पहल गरेको  थियो। यो निकायको अनुरोधमा निज अमर बमको कानुनी उपचार तथा परिवारलाई तात्कालिन राहत दिने उद्देश्यले चन्दा उठाउन सुरु गरेको हो। 

अमरका पीडित परिवारलाई तात्कालिन सहयोग पुर्याउन रु पचास हजारको सहयोग गर्ने घोषणा गरे अनुरुप धनगढीमा रहेका अन्तरराष्ट्रिय उपाधक्ष तथा नेट्वर्कका कार्यकारी निर्देशक  राजेन्द्र देवकोटा पिडित अमरका परिवारलाई दार्चुला धारी गा बी स गएर भेट्नु भएको छ। त्यसका साथै दार्चुलाको सदरमुकाम खलङामा एक बिशेष समारोह बीच दार्चुलाका प्रमुख जिल्ला अधिकारीको हात बाट रु ५०,००० हस्तानन्तरण भैसकेको छ। समरण रहोस् यो परिवारलाई तात्कालिन राहत स्वरुप  एउटा सानो रकम मात्र हस्तानन्तरण गरिएको हो। उठेको चन्दाको प्रमुख अंश अमरलाई मृत्यु दण्डबाट छुटाउन खर्च गरिने छ। सानो अंश अन्तरराष्ट्रिय रुपमा जनदवाव श्रीजना गर्ने कठिन अभियानमा खर्च हुने बोर्डको निर्णय अनुसार हुने कुरा नेपाल विस्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपालि पनेरुले बताउनु भएको छ।

अमर  बचाउ अभियानलाई थप बल प्रदान गर्ने उद्देश्यले प्रत्यक्ष हस्ताक्षर अभियान सुरु भएको छ र बिधुतिय हस्ताक्षर पनि सुरु भई संसारभरीका नेपाली र बिदेशि नागरिकहरूले समेत हस्ताक्षर दीई रहेका छन्। दस हजार हस्ताक्षरको लक्ष राखिएकोमा हाल सम्म एक हजार एक सय भन्दा बढी (over 1200)  हस्ताक्षर प्राप्त भैइसकेको छ।  हालै अमर बहादुर बमका पिता कर्ण बहादुर बम संलग्न नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाधक्ष राजेन्द्र देवकोटा, यु ए ई मा कार्यरत नेपाली समाजका अधक्ष कृष्ण ढकाल तथा प्रवासी नेपाली सवन्वय समितीका अधक्ष महेन्द्र पाण्डेको संयुक्त प्रतिनिधि मण्डलले नेपालका प्रधान मन्त्री डा बाबुराम भट्टराइ लाई भेटेर प्रधानमन्त्री स्वयम् यु ए ई भ्रमणमा गएर कुट्नैतिक पहल गर्न अनुरोध गरेको र प्रधानमन्त्रीले पनि यु ए ई भ्रमण गरेर अमरको ज्यान बचाउने पहल गर्ने कुरा आश्वासन दिएको कुरा प्रतिनिधि मण्डलले जानकारी दिएको छ।



अमर बचाउ अभियानमा तीब्र  प्रगती
एन आर एन को संरक्षकत्वमा हालसालै गठित उच्च स्तरीय अमर बचाउ राष्ट्रिय समन्वय परिषद, यु एस ए बने पछि सो अभियानले थप प्रगति गर्न थालेको छ । परिषदकी सभापति उमा कार्की थापाको पहलमा क्यालिफोर्नियाको लस एन्जलस देखि सुरु भएको जनचेतना कार्यक्रम अब अमेरिकाका बिभिन्न राज्य र सहरहरुमा पनि सुरु भएका छन् । सो अभियानलाई सुत्रपात गर्ने नेपाल विश्व सहयोग संघका संस्थापक अध्यक्ष मणी नेपाली पनेरु अहिले अमेरिकाका बिभिन्न राज्यहरुको सद्भावना भ्रमणमा हुनुहुन्छ ।
एन आर एन एन सी सी यु एस ए का अध्यक्ष तथा परिषदका संरक्षक प्रल्हाद के. सी. को सभापतित्वमा भएको सो कार्यक्रममा ग्रेटर बोस्टन नेपाली सामुदायिक केन्द्रका (GBNC) अध्यक्ष लीला रावत, GBNC सचिव तथा हिमालयन लायन्स क्लबका सदस्य बिष्णु मणी आचार्य, अमेरिका फाउन्डेसनका राजाराम के सी, नेपाल अमेरिका फाउन्डेसनका युवराज रायमाझी, NWGN का प्रुडेन्स के सी ANF का नील के सी GBNC का सन्तोष के सी सन्ध्या के सी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले अमर बमको बिषयमा बनाइएको बिष्त्रित पावर प्वाइन्ट प्रिजेन्टेसन प्रस्तूत गर्नु भएको थियो । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै के सी ले नेपाल विश्व सहयोग संघको आव्हानमा गठन भएको उच्च स्तरीय परिषदले भरखरै काम सुरु गरेको र संरक्षकको हैसियतले आफ्नो व्यक्तिगत र सस्थागत रुपमा पूर्ण सहयोग रहने बताउनु भयो । पनेरुले अत्यन्त छोटो समयको सूचनाको बाबजुद कार्यक्रमको आयोजना गर्नु भएकोमा प्रह्लाद के सी तथा वहाँको धर्म पत्नीलाई हार्दिक आभार प्रकट गर्दै उपस्थीत सम्पुर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद दिनु भएको थियो । सो छलफल तथा अन्तर क्रियाकार्यक्रम फलदायी भएको र प्राप्त सुझावहरूलाई परिषदमा प्रस्तूत गरी कार्यान्वयन गर्न आफ्नो इमान्दारी पुर्वकको सत्प्रयास रहने पनि पनेरुले बचनबद्द्ता प्रकट गर्नु भएको छ ।
सो अवसरमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष लीला बहादुर रावतलाई अमर बचाउ राष्ट्रिय परिषदकी सभापति उमा कार्की थापाले परिषद प्रवेश गर्न अनुरोध गरि लेखिएको पत्र परिषदका facilitator मणी नेपाली पनेरुले हस्तानन्तरण गर्नु भयो । सामान्य औपचारिकता पछि ग्रेटर बोस्टन नेपाली कम्युनिटी अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा प्रवेश गर्ने बताइएको छ । सो कार्यक्रममा अमर सम्बन्धी पोस्ट कार्ड र फ्लाएरहरू बितरण भएको थियो ।
उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो – हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपायहरू छन् 1. उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने, 2. हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्यद्वारा माफी प्राप्त गर्ने । त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ ।
भ्रमणकै सिलसिलामा पनेरुले एन आर एन एन सी सी क्यानडाका अध्यक्ष डा. बिनोद के सी तथा नेपलिज क्यानेडियन कम्युनिटी सेन्टरका अध्यक्ष लगायतका नेताहरू सँग टेलिफोन वार्ता गर्नु भएको थियो । क्यनडामा पनि अमर सम्बन्धी कार्यक्रम लिएर टोरोन्टो भ्रमण गर्ने योजना भए पनि प्राविधिक कारणले सो रद्द भएको कुरा पनेरुले बताउनु भएको छ । कार्यक्रम पश्चात पनेरु सोही राती बाल्टिमोर तीर लाग्नु भएको थियो । पनेरुको अमेरिकाको पुर्वी तटलाई (क्यानडाको सिमाना देखी सुदूर दक्षिण फ्लोरिडाको मायामी सम्म) छिचोल्दै अमर बचाउ अभियान वारे जन चेतना जगाउने र अन्य संघ सस्थाहरूसँग वार्ता गर्दै साझेदारी तथा सहकार्य गर्ने कार्यक्रम रहेको बताइएको छ ।
http://www.nepal24hours.com/np/?p=6692

एन.आर.एन. युएसए अमर बचाउ अभियानमा
ोस्टन – ।  लामो समय देखि दुबइको जेलमा रहेका मृत्यु दण्डका फैसला सुनाइएका अमर बहादुर बमलाइ बचाउने उद्देश्यले हिजो बोस्टनमा “अमर बचाउ अभियान सम्भावना र चुनौति” बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
एन आर एन एन सी सी यु एस ए का अध्यक्ष प्रल्हाद केसीको पहलमा हालै बोस्टन अमर बचाउ अभियान सम्भावना र चुनौती बिषयक छलफल तथा अन्तरक्रिया सम्पन भए पश्चात सो अभियानले अमेरिकाको पुर्वी तटमा राम्रो प्रगति गरेको समाचार छ ।
पश्चिम अमेरिका नेपाली महासंघकी अध्यक्ष उमा कार्की थापाको सभापतित्वमा एन आर एन एन सी यु एस ए, नासिया, अन्मा वाना एन ए जी सी लगायतका प्रभावशाली सस्थाहरू संलग्न अमर बचाउ राष्ट्रिय सवन्वय परिषद हालै गठन भएको थियो । परिषदका फ्यसिलिटेटर तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु अमर बचाउ अभियान बारे जन चेतना जगाउने उद्देश्यले पुर्वी तट न्यु योर्कको नायग्रा फल्स देखी फ्लोरिडाको मायामी सम्मको सद्भावना भ्रमणमा हुनुहुन्छ । हालै सम्पन्न बानाको बार्षिक बन भोज कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा, अवैतनिक काउन्सलर प्रेम राजा महत, ए एन एस का अध्यक्ष नगेन्द्र पौड्याल लगायत सैयौं जना नेपालीहरूको बीचमा पनेरुले सुदूर पश्चिमका दार्चुला निवासी अमर बम दुबई पुगेर कसरी झूटो मुद्दामा फसे र कसरी निकाल्न सकिन्छ र के के पहल हुँदै छ भन्ने बारे प्रकास पार्नु भएको छ ।

सो अवसरमा अमर बमको रङगिन तस्बीर युक्त जानाकारी मुलक पोस्ट्कार्डहरू बाँडिएका थिए। त्यसै गरी पनेरुको आव्हानमा उपस्थित प्राय सबैले अमर बमको समर्थनमा आफ्नो हस्ताक्षर दिएका छन् । सो कार्य सम्पन्न गर्न समाजसेवी बिनोद उप्रेतीको नेतृत्वमा एक स्वयं सेवक टोली परिचालन भएको थियो । नेपाल विश्व सहयोग संघका अध्यक्ष मणी नेपाली पनेरुले सो अवसर र वातावरण मिलाउनु भएको लागि बानाका अध्यक्ष बिजय श्रेष्ठ प्रति हार्दिक आभार प्रकट गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद दिनु भएको छ ।


सोही क्रममा अमर बचाउ राष्ट्रिय सवन्वय परिषद् अमेरिकालाई बिस्तार गर्न र परिषद्मा सहभागी बनाउन पहल सुरु भएको छ । परिषद्की अध्यक्ष उमा कार्की थापाले ग्रेटर बोस्टन नेपाली कम्युनिटी GBNC का अध्यक्ष लीला रावत, बाल्टिमोर असोसियसन अफ नेपलिज इन अमेरिकाका अधक्ष बिजय श्रेष्ठ, फ्रेन्डस अफ नेपाल न्यु जर्सी FONNJ का अधक्ष तुलशी महर्जन, सोसाइटी अफ एक्स बुढानिल्कण्ठ स्कूल, नोर्थ अमेरिकाका अध्यक्ष किरण सिटौलालाई पत्र पठाउनु भएको छ ।

सोसाइटी अफ एक्स बुढानिल्कण्ठ स्कूल, नोर्थ अमेरिकालाई परिषद प्रवेश गर्न आव्हान गर्न पनेरु सेब्स उत्तर अमेरिकाका अध्यक्ष किरण सिटौलाको निवास वाशिङ्टन डी सी पुग्नु भएको थियो । सो बिषयमा दुई दिन सम्म छलफल भएपछी सो SEBS-NA परिषद प्रवेश गरेको छ । बुढानिलकण्ठ स्कूलका पूर्व विद्यार्थीहरु को प्रतिनिधित्व गर्ने सो प्रभावशाली संस्थाकोको प्रवेशले परिषद नयाँ आयाम थपिएको बताइएको छ ।

भर्खरै प्राप्त समाचार अनुसार वाशिङ्टन डी सीबाट पनेरु जर्जियाको एट्लान्टा पुगी सक्नु भएको छ । नेप्लिज असोसियसन अफ साउथ इस्ट अमेरिका NASEA को पहलमा अगस्त १२, २०१२ मा पनेरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम पश्चात अमर बचाउ अभियानले नयाँ उचाई प्राप्त गर्ने विश्वास गरिएको छ ।
https://www.facebook.com/Hamro.Pyaro.Desa.Nepala/posts/337091503045813

अमर बचाउ अभियानमा थप प्रगती
नेपाली समुदायको लागि उत्क्रिष्ट योगदान गरे बापत नेपाल विश्व सहयोग संघका सस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु जर्जियाको यट्लान्टामा सम्मानित हुनु भएको छ। नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अधक्ष राजा घलेले पनेरुलाई यट्लान्टा बासी नेपालीहरूको तर्फबाट यटलान्टाको लोगो अङ्कित टोपी पहिरयाउनु भयो भने सोही सस्थाका उपाधक्ष धन तिमिलिसिनाले खादा ओडाएर सम्मान गर्नु भयो। सो अवसरमा नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाकाका अध्यक्ष सन्जीव सापकोटाले सम्मानउपहार स्वरुप प्लेक प्रदान गर्नु भयो। कार्यक्रमको आरम्भमा नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अधक्ष राजा घलेले पनेरुको बहु आयामिक व्यक्तित्वमाथी बिस्त्रित प्रकाश पार्नु भएको थियो। सो कार्यक्रमको लागि उपाधक्ष धन तिमिल्सिनाको सँयोजकत्वमा अमर बचाउ राष्ट्रिय सवन्वय  परिषद का NASeA प्रतिनिधि मोहन बिष्ट, तथा लीला बहादुर कार्की सदस्य रहेको एक विसेष समिति बनेको थियो।
नेपाल् विश्व सहयोग संघको आव्हान मा  हालसालै गठन भएको अमर बचाउ राष्ट्रिय सवन्वय परिषदको फेसिलिटेटरको हैसियतले उहाँ अमेरिकाका पुर्वी राज्यहरूको सद्भवना भ्रमण गर्ने क्रममा उहाँ यट्लान्टा पुग्नु भएको थियो।  नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका NASeA का अध्यक्ष सन्जीव सापकोटाले पनेरुको स्वागत गर्दै आफ्नो निवासमा आतिथ्य प्रदान गर्नु भएको थियो। त्यसै गरि आफूलाई भावपुर्ण स्वागत र न्यानो आतिथ्य प्रति अधक्ष सापकोटा, निवर्तमान अधक्ष राजा घले तथा पनेरुका हितैषी मित्र अनिल कोइराला प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ। सो अवसरमा पनेरुले अमर बचाउ अभियान सम्भावना र चुनौती बिषयक पावर प्वाइन्ट प्रस्तुती गर्नु भएको थियो।
नासिया का अधक्ष, निवर्तमान अधक्ष, उपाधक्ष, महा सचीव लगायत अमेरिकाका दक्षिण पुर्वी राज्यहरू जर्जिया, अलाबामा, उत्तर क्यरोलायना,दक्षिण क्यारोलायना, फ्लोरिडा आदीको प्रत्यक्ष एबम बिधुतीय सहभागिता रहेको सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको प्रत्यक्ष दर्शीहरूले बताएका छन्। प्रस्तुति पस्चात जिग्यासुहरूले राखेको प्रश्नको जबाफ दिँदै पनेरुले बताउनु भयो, "यो भ्रमण अमरको लागि चन्दा अभियान नभैकन अमर बमको निर्दोषिता बारे जन चेतना जगाउने र अमर बचाउ राष्ट्रिय सवन्वय परिषदलाई ससक्तिकरण एबम बिस्तार गर्ने उद्द्श्य रहेको बताउनु भएको छ।
यस क्रममा स्वत: स्फूर्त रुपमा चन्दा पनि उठिसकेको बताउँदै पनेरुले भन्नु भयो, “अमर बमको पिता कर्ण बहादुर बम र स्वयम् अमर बहादुर बमले कुनै पनि हत्कण्डा प्रयोग गरेर अमरलाई बचाउने अनुरोध् गरेका छन् र आफूहरूलाई के गरेर हुन्छ थाह नभएको बताएका छन।“ नेपाल विश्व सहयोग संघले अनुसन्धान गरि पत्ता लाउँदा अमरलाई बचाउने प्राथमिकताको आधारमा निम्न ३ उपायहरू रहेका प्रकाश पारियो।
१: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने
२: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ।
३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने सस्थाहरू र व्यक्ती हरूले आशंका व्यक्त गरे पनि  त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।
यु ए ई मा बिभिन्न संघ सस्थाहरू  नेपाली समाजको नेत्रित्वमा अमर बचाउ सवन्वय समिती बनाएर  पहिला देखि नै कार्यरत थिए। सो सवन्वय समितिमा नेपाली समाज, नेपाल विश्व सहयोग संघ  यु ए ई, एनआरएन एनसीसी यु ए ई, नेपाली जनसम्पर्क समिति यु ए ई, नेपाली प्रवासी संघ यूएई, , नेपाली एकता समाज यूएई, जनजाती महासंघ यूएई, पत्रकार महासंघ यूएई, रहेका छन्। त्यसै गरी नेपालमा नेपाल विश्व सहयोग संघ नेपाल, प्रवासी नेपाली सवन्वय समिती नेपाल र नेपाली समाज यु ए ई सँलग्न सवन्वय समिति मार्फत व्यापक रुपमा जन चेतना र सरकार समक्ष जनदबाबमा सक्रिय रहेको छ। अमेरिकामा गठित अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा एन आर एन एन सी सी USA , NASeA, ANMA, WANA, डलास एभ्रेष्ट लायन्स क्लब, तथा बुढानिलकन्ठ स्कूलको पूर्व विध्यार्थीहरूको  संगठन  SEBS-North America र नेपाल विश्व सहयोग संघ, अमेरिका जस्ता प्रभावकारी सस्थाहरू रहेका छन्। परिषदमा अन्य सस्थाहरू पनि प्रवेस गर्ने निस्चित भएको छ।
हाल सालै नेपाली समाज यु ए ईका अधक्ष कृष्ण ढकाल  प्रवासी नेपाली सवन्वय समितिका अधक्ष महेन्द्र पाण्डे तथा नेपाल विश्व सहयोग संघ का अन्तर राष्ट्रिय उपाधक्ष तथा सेभ अमर इन्टरन्यास्नल नेट्वर्कका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद देवकोटाको संयुक्त नेत्रित्वमा गएको प्रतिनिधि मन्डलले प्रधान मन्त्री बाबुराम भट्टराइलाई भेटेको थियो। भेट्मा प्रधानमन्त्री भट्टराइले अमरलाई बचाउने पहल गर्न  आफू  यु ए ई जान तयार रहेको कुरा व्यक्त गरेका थिए।  यसै क्रममा मणी नेपाली पनेरुले सम्पुर्ण संघ सस्था एवम् नेपाली दाजुभाई दिदि  बहिनिहरूलाई अमर बचाउ अभियानमा सम्मिलित भएर प्राण जोगाउने जस्तो महान पुण्य कमाउन आव्हान गर्नु भएको छ ।
श्रोत:
हरिहर दाहाल -अन्तर राष्ट्रिय प्रवक्ता
नेपाल विश्व सहयोग संघ, प्रमुख कार्यालय


जर्जियाको यट्लान्टामा मणी नेपाली पनेरु सम्मानित

अमर बचाउ राष्ट्रिय सवन्वय परिषद अमेरिकाका फेसिलिटेटर तथा नेपाल् विश्व सहयोग संघ का अनतर्राष्ट्रिय  अधक्ष मणी नेपाली पनेरु आफ्नो ३ हप्ता  लामो सद्भावना भ्रमणको अन्तीम गन्तव्य फ्लोरिडा पुगे पछी त्यहाँ अमर बचाउ अभियान सुरु भएको छ। अमर बचाउ अभियानलाई पुर्वी राज्यहरूको समर्थन जुटाउने  र जनचेतना जगाउने उद्देश्यले आफ्नो छुट्टीको सदुपयोग गर्दै आफ्नो नीजी खर्चमा क्यनाडा देखी प्लोरिडा सम्म अमेरिकाको पुर्वी राज्यहरू छिचोल्ने क्रममा गत साता फ्लोरिडा पुग्दा नेपाली सामुदायिक केन्द्र ओर्ल्यान्डोका अध्यक्ष कृष्ण विलास पोखरेल तथा सुप्रशिद्द समाज सेवी विकास देवकोटाले उहाँलाई हार्दिक स्वागत गर्नु भएको थियो।
नेपाली वाल वालिकालाई नेपाली भाषा तथा सस्क्रिती  सिकाउन पाठ्शाला सन्चालन गर्दै आउनु भएको सुप्रसिद्द समाजसेवी तथा कवयत्री मिना शाक्य एवम उहाका पति सुप्रशिद्दसमाज सेवी तथा नेपाली सामुदायिक केन्द्र ओर्ल्याण्डोका उपाधक्ष हरि ॐ प्रधान द्वारा पनेरुको सम्मानमा रात्री भोज तथा अन्तर क्रिया कार्यक्रमको आयोजना गर्नु भएको थियो। सुप्रशिद्द समाज सेवी विकास देवकोटाको संयोजनमा सम्पन्न सो कार्यक्रमको  सभापतित्व नेपाली कम्युनिटी सेन्टर ओर्ल्यान्डोका अध्यक्ष कृष्ण पोखरेलले गर्नु भएको थियो।
नेपाल विश्व सहयोग संघका अमेरिका च्याप्टर अधक्ष निजानन्द मल्लले पनेरुको बहु आयामिक व्यक्तित्व माथी प्रकाश पार्दै विश्व सहयोग संघको उद्देश्य र कार्यक्रम् वारे चर्चा गर्नु भयो। विशिष्ट अतिथीको आसनबाट बोल्दै फ्लोरिडा असोसियसन अफ नेपलिज सोसाइटिज FANS का अधक्ष बिमल नेपालले, पनेरुको आगमन प्रति प्रशन्नता व्यक्त गर्दै सो अभियानलाईतन मन्   र धनले सक्दो सहयोग गर्नबचन दिनुभयो। उहाँले भन्नुभयो, "एक प्रकारले हामिहरू पनि अमर बहादुर  बम भएको र आफ्नो अस्तित्वको लागि सधैं लड्न परिरहेको हुन्छ। अमरलाई अन्यायपुर्ण रुपमा फाँसी हुनु हामि सबैलाई फाँसी हुनु सरह हो र हामिले यस्तो समवेदनशिल घडीमा मुक दर्शक भएर बसेमा लाजमर्दो कुरो हुने र हामीलाई इतिहासले धिक्कर्ने छ” ।
सो अवसरमा नेपाली कम्युनिटी सेन्टरका उपाधक्ष तथा सुप्रशिद्द समाजसेवी हरि ॐ प्रधानले अरुलाई परेको दु:खले आफूलाई सदा पोल्ने र सक्दो सहयोग गर्न आफूलाई कसैले भन्ननपर्ने  बताउँदै अमर बचाउ अभियानको लागि आफ्नो तन मान् धन दिएर हिड्ने पनेरुसँग आफू प्रभावित भएकोबताउनु भयो।  सोही अवसरमा कार्यक्रमका सभापती कृष्ण पोखरेलले स्वत:स्फूर्त  रुपमा अमर बचाउ अभियानलाई सघाउने उद्देश्यले आर्थिक सहयोग गर्नु हुने हरि ॐ प्रधान र निजानन्द मल्ललाई प्रशंसा पत्र प्रदान गर्नु भयो।
कार्यक्रमका केन्द्र बिन्दू मणी नेपाली पनेरुले अमर बम बारे बिस्त्रित जानकारीमूलक पावर प्वाइन्ट प्रस्तुती गर्नु भयो। सो प्रस्तूतिमा अमर कसरी झुटो मुद्दामा फसे,उनी निर्दोषहुनाका आधारहरू, उनीलाई छुटाउने उपायहरू तथा अभियानले प्राप्त गरेका उपलब्धीहरू बारे प्रकाश पारिएको थियो। प्रस्तुति पछि सहभागिहरुका प्रश्न र जी ज्ञासाहरूको जबाफ दिंदै पनेरुलेभन्नुभयो,"मेरो भ्रमणको उद्देश्य चन्दा संकलन गर्ने नभई अमर बारे जना चेतना जगाउने, अभियानको लागि बिभिन्न संघ सस्थाका समर्थन प्राप्त गर्ने तथा अमरलाई छुटाउन दबाब श्रीजनागर्न हस्ताक्षर संकलन गर्ने रहेको छ।  यस क्रममा स्वत: स्फूर्त रुपमा केही चन्दा पनि उठी सकेको र उठेको रकमको सानो अंश रु पचास हजार दार्चुलामा अमरको परिवारलाई प्रदान गरिएको छ। स्वत: स्फूर्त रुपमा उठेको चन्दालाई हामिले अमर र अमरको परिवारको नासोको रुपमा पारदर्शी ढंगले राखेको र बचेँको पैशा स्थितिको अध्ययन गरि अमरको प्राण जोगाउने उद्देश्यले अमरको परिवारसँग समेत सल्लाह लिएर अमरको हितमा खर्च
गरिने वा हस्तानन्तरण गर्ने व्यवस्था मिलाइने छ। यस बीच अमर तथा अमरका परिवारसँग पटक पटक कुराकानी भएको र निजहरूले नेपाल विश्व सहयोग संघले गरेको सहयोगको लागि हार्दिक आभार प्रकट गरेका छन्।“
पनेरुले भन्नु भयो, “यो अमर बचाउ अभियान नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय उपाधक्ष राजेन्द्र प्रसाद देवकोटाको सक्रियतामा २०१० देखि नै सक्रिय रहेको र नेपाल विश्व सहयोग संघ  यो अभियानलाई अन्तरराष्ट्रिय उचाईमा पुर्याई निर्दोष अमरलाई बचाउन अमर बचाउ अन्तरराष्ट्रिय सन्जाल बनाई कार्यरत रहेको हो। यो पवित्र उद्देश्य प्राप्त गर्न सबै सँग सहकार्य र साझेदारी अपरिहार्य भएकोले हामि सम्पुर्ण संघ सस्थाहरूलाई यो अभियानमा सरिक हुन हार्दिक आग्रह गर्दछौँ।“
सो कार्यक्रममा उपस्थित हुन नसके पनि फ्लोरिडा नेपाल असोसियसनका पूर्व अधक्ष डा बिजय कट्टेल तथा आइ एन एल एस प्लोरिडा च्याप्टरका अधक्ष कृष्ण श्रेष्ठ सँग टेलिफोन वार्ता भएको थियो। कार्यक्रममा समाज सेवीहरू, बुद्दिजिवीहरू व्यापारी एबम युवाहरूको उल्लेख्य उपस्थिती थियो। सो अवसरमा समाज सेवीहरू कृष्ण पोखरेल, बिकाश देवकोटा , विमल नेपाल्, भूवन गिरि, स्वतन्त्र श्रेष्ठ, डा. सरोज् खड्का, सुबास श्रेष्ठ ले स्वत: स्फूर्त रुपले प्रदान गरेको जम्मा १६० डलर पनेरुलाई हस्तानन्तरण गरिएको थियो। कार्यक्रम् पस्चात रोचक कवि सम्मेलनसहित रात्री भोज भएको थियो। कवि बिकास देवकोटा, कवयत्री मीना शाक्य तथा कवि मणी नेपाली पनेरुको कविताले श्रोताहरूकोमन जित्न सफल भएको थियो।  यस कार्यक्रमको साथपनेरुको करिव ३ हप्ता लामो सद्भावना भ्रमण सफलता साथ सम्पन्न भएको छ र उहाँले आफ्नी धर्म पत्नी हेमा पनेरु लगायत सम्पुर्ण मित्रहरूलाई हार्दिक धन्यवाद दिनुभएको छ।

फ्लोरिडामा अमर बचाउ अभियान
नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुको नेत्रित्वमा एक उच्च स्तरीय प्रतिनिधि मण्डलले मलेसियाका लागी नेपाली कार्यबाहक राजादूत लेखनाथ भट्टराई भेट वार्ता गरेको छ। सो प्रतिनिधि मन्डलमा नेपाल विश्व सहयोग संघ लगायत बिसिनेस असो सियसन  अफ मलेसिया, माइग्रेन्ट आलायन्स मलेसिया लगायतका सस्थाहरु लगायत सरोकारवाला पत्रकारहरु तथा बुद्दिजिवीहरुको सह्भागीता थियो। 

   अमर बचाउ अभियानका अन्तरराष्ट्रिय प्रणेता  नेपाल विश्व सहयोग संघका सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले हाल मृत्यु डण्डको सजाय पाएका हरी बहादुर घले बारे अध्याबधिक जानकारीइको अनुरोध गर्दा कार्य बाहक राज्दूत भट्टराईले स्थिती स्पष्ट नभए पनि घलेको मृत्यु दण्ड   टल्ने आशा पलाएको आशय व्यक्त गर्नु भयो। नेपाल विश्व सहयोग संघ, प्रवासी  नेपाली सवन्वय समिती, माइग्रेन्ट अलायन्स, मलेसिया, नेपाली काङ्रेस नुवाकोट, जनपुकार डट कम्  लगायत संघ सस्थाहरुको प्रयास स्वरुप नेपालका प्रधान मन्त्रीले मलेसियाका प्रधान मन्त्रीलाई पत्र लेखी सकेको र घलेको वकिलले समेत माफीको लागी मलेसियाका राजालाई बिनती पत्र लेखेको जानकारी दिनु भयो।  यसै क्रममा change.org मार्फत हरी घले लाई माफी दिलाउन मलेसियाका राजालाई सर्वजनिक बिनतिपत्र समेत पेश गरिएको छ। सो प्रयोजनको लागी अमर बचाउ अभियान र घले बचाउ अभियान बीच सह्कार्य गरी दुबै  जनाको पक्षमा हजारौँको सन्ख्यामा हस्ताक्षर सन्कलन गरिने कुरा प्रकाशमा आएको छ।


मलिसियामा कार्यरत आप्रवासी नेपाली कामदारको निम्न प्रमुख मुद्दामा प्रकाश पारीएको थियो।
१ नेपाल बाट नै म्यान पावर कम्पनिहरुले कामदारहरुलाई गैर कानूनी  रुपले ठगी गरी रहेका छन। उनिहरुले एक कुरा भन्ने तर अर्कै कुरा गरी नेपालीइहरु बिरुद्द अपराध गरेका छन।
2 मलेसिया कम्पनी हरुले कामदारहरुलाई अमानवीय   शोषण गरिएको छ।
३। उनिहरुको काम गर्ने घण्टा र सो बापत पाउने ज्याला मलेसियाको श्रम कानून अनुरुप छैन
४ कामदार हरुको खाने वस्ने व्यवस्थामा व्यापक सुधार गरिनु पर्छ। 
५ कामदारको श्वास्थ्य र सुरक्षा प्रती मलेसिया सरकारर र दूदावास उत्तरदायी  हुनु पर्छ।
६ कामदारको न्युनतम बेतन ५४६ रिङ्गेट प्रती महिना अत्यन्त न्युन भएकोले सो लाई तत्काल बृदि गरिनु पर्छ। 

    राजदूत भट्टराईले राजदूतावासको समस्याहरु बारे पनि प्रतिनिधी मण्डललाई अवगत गराउनु भएको थियो। सो समस्याहरुमा न्युन कर्मचारी रहनु सांघूरो  र आफ्नै कम्पाउण्ड नरहेको फ्लाट मात्र रहनु मुख्य थिए। प्रतिनिधि मण्डलले सो समस्या आफूहरुले पनि भोगेको अनुभूती गरेकोले नेपाल सरकारले तत्सम्न्धी तत्काल पाइला चाल्नको लागि जन दवाव श्रीजना  गर्ने कुरा समेत् भएको  जानकारीइमा आएको छ।


मलेसियाका आप्रवासी नेपाली कामदारहरुका समस्या बारे कार्यबाहक
राजदूतसँग भेट्वार्ता
नेपाल विश्व सहयोग संघ (एनएजिसी) नेपाल च्याप्टरको आयोजनामा अमरहरुका पीडा र हाम्रो दायित्व विषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न भएको छ ।

शनिबार राजधानीमा सम्पन्न उक्त गोष्ठीमा सहभागी अधिकांश वक्ताहरुले संयुक्त अरब ईमिरेट्सको दुबईस्थित अल अवीर जेलमा गत १० वर्षदेखि मृत्युदण्डको सजायं पाई मृत्युलाई पर्खिरहेका नेपाली दार्चुला जिल्ला धारी गाविस निवासी अमर बहादुर बमको जीवन रक्षाका लागि हुन सक्ने र गर्न सकिने हदैसम्मको पहल गर्न आ आफ्नो क्षेत्रबाट सबैले लाग्नु पर्ने विचार व्यक्त गरिएको थियो ।

एनएजिसीका अन्तर्राष्ट्रिय उपाध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले अमर बमको मृत्युदण्डको सजायं, उनलाई त्यसबाट बचाउनको लागि गरिएका पहलहरु, बचाउन सकिने सम्भावना र त्यसका लागि आवश्यक पहल र सक्रियताका सम्बन्धमा पाउर प्वाईन्ट मार्फत जानकारी गराउनु भएको थियो । उहांको प्रस्तुति पश्चात् विभिन्न वक्ताहरुले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

गोष्ठीमा मूलतः बमको जीवन रक्षाका लागि केलब दुई वटा बाटाहरु मात्र रहेको तथ्य उजागर भएको थियो । मूलतः कि त नेपाल सरकारको प्रधानमन्त्री तहबाट त्यहांका शेखसंग आम माफीको लागि आग्रह गर्न सकिन्छ, कि त जसको हत्याको अभियोगमा उनलाई मृत्युदण्डको सजायं सुनाइएको छ सोही परिवारका सदस्यले आफूले ब्लड मनि प्राप्त गरेको जानकारीका साथमा उसलाई आममाफी दिन आग्रह गरेमा उनको जीवन रक्षा हुन सक्ने देखिन्छ । यी दुई बिकल्प भन्दा अरु कुनै बाटाहरु नरहेको, त्यसमा पनि ब्लड मनि तिरेर उनलाई छुटकारा दिलाउन अत्यन्तै कठिन भएकोले सबैभन्दा उपयुक्त र सजिलो उपाय भनेको नेपालका प्रधानमन्त्रीको तहबाट त्यहांका शेखसंग अमर निर्दोश भएकोले आममाफी होस् भनि आग्रह गरेमा उनको जीवन रक्षा हुन सक्ने देखिएकोले त्यसकालागि नेपाल सरकार र प्रधानमन्त्रीलाई जानकारीका साथमा दबाब दिनु पर्ने राय सहभागीहरुको रहेको थियो ।

अमर बचाउ अभियानलाई विश्वव्यापी करण गर्दै अमरको जीवन रक्षाका लागि संसारभर आफ्नो अभियान लिएर हिंड्नु भएका एवं उक्त कार्यक्रममा भाग लिन अमेरिकादेखि आउनु भएका एनएजिसीका अन्तर्राष्ट्रिय अध्यक्ष तथा सो कार्यक्रमका प्रमुख अतिथि मणि नेपाली पनेरुले एनएजिसीका बारेमा बोल्दै एनएजिसीले बोकेको आवाज भनेको उकाली ओराली गर्ने नेपालीहरुको आवाज हो । नेपाली पन, नेपाली मन र नेपाल प्रतिको मायाका कारण आफुले अमेरिकाबाट यस अभियानलाई अगाडि बढाएको हो भन्नु भयो । साथै उहांले एनएजिसी गैर राजनीतिक, गैर मुनाफामुखी भएकोले एउटा ऐतिहासिक संस्था भएको र यो एनआरएनभन्दा पनि ठूलो हो भन्नु भयो । यसले सामाजिक सेवाको क्षेलाई अंगालेकोले पनि यसको क्षेत्र फराकिलो रहेको छ भन्दै उहांले एनएजिसीमा समाजसेवाको भावना बोकेका संसारका कुनै पनि नागरिक सदस्य बन्न सक्ने भएकोले अत्यन्तै फराकिलो संस्था हो भन्नुभयो । अमेरिकाबाट खोलिएको संस्था भए पनि नेपालीहरुका लागि खोलिएको हुनाले यसमा नेपालीलाई माया गर्ने विदेशीहरु पनि सहभागी हुन सक्ने र भइरहेको जानकारी दिनु भयो ।
उहांले आफू अमेरिकामा बसिरहेको भए पनि बढी समय नेपालमा बसेर अमर बम जस्ता अन्य नेपालीहरुले उसको जस्तो नियति भोग्न नपरोस् भनि जनजेतनामूलक कार्यक्रमहरु तथा चेतना अभिवृद्धि गराउने कार्यहरु गर्न चाहेको पनि बताउनु भयो । सोही कार्यक्रममा उहांले आफू भर्खरै मलेशिया गएर नेपालीहरुको अवस्था अवगत गरी आएको प्रसंग कोट्याउंदै मलेशियामा नेपालीहरुले पशु सरह जीवन व्यतित गरिरहेको आफूले देखेको बताउनु हुंदै अब मलेशियामा पनि एनएजिसी स्थापना भईसकेकोले अब त्यहां पनि नेपालीहरुको हितमा आफ्नो संस्था लागिरहने बताउनु भयो । अन्त्यमा उहांले एनएजिसीले अगाडि ल्याएको अवधारणा अनुसार सामाजिक कार्यमा लाग्न र आ आफ्नो क्षेत्रबाट गर्न सकिने हरसम्भव सहयोग गर्न सबैलाई आग्रह गर्दै अमर बम तथा मलेशियामा मृत्युदण्डको सजायं पाएको हरि बहादुर घले लगायतको जीवन रक्षाका लागि सरकारलाई घच्घच्याउने तथा दबाब दिने कार्यमा निरन्तर लागिरहन आग्रह गर्नु भयो ।

सो अवसरमा अमर बचाउन अभियानका संयोजक दयाराम पाण्डे तथा एनएजिसी नेपाल च्याप्टरका अध्यक्ष रमेश खड्काले एनएजिसीका अन्तर्राष्ट्रि अध्यक्ष मणि नेपाली पनेरु तथा उपाध्यक्ष राजेन्द्र प्रसाद देवकोटालाई खादा तथा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

एनएजिसी नेपाल च्याप्टरका अध्यक्ष रमेश खड्काको सभापतित्व तथा अर्जुन अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा सोही अभियानमा सहकार्य गर्दै आईरहेको प्रवासी नेपाली कोअर्डिनेशन काउन्सीलका प्रमुख महेन्द्र पाण्डे, अमर बचाउ अभियानका संयोजक दयाराम पाण्डे, नोवेल एकेडेमिका अध्यक्ष नवराज पाण्डे, नेपाली जनसम्पर्क समिति भारतका पूर्व केन्द्रीय सदस्य मेदिनी कुमार केबल, पत्रकार राजेन्द्र कुंवर, पत्रकार दामोदर नेपाल, प्रेस युनियनका सचिव सन्तोष न्यौपाने लगायतका वक्ताहरुले आ आफ्ना विचार व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा एकै पटक छ वटा कलमले एकैसाथ लेख्न सक्ने चमत्कारिक क्षमताका धनी मनोज चन्दले आफ्नो कला प्रस्तुत गरेका थिए भने उनले आफ्नो कार्य संसारमै अद्भूत भएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने प्रयासमा लागेको समेत जानकारी गराएका थिए ।

कार्यक्रमपछि अमर बचाउ अभियानलाई अगाडि बढाउने हेतूले अमरलाई बचाउं लेखिएका प्ले कार्ड, नेपालको झण्डा र एनएजिसीको झण्डा बोकेर सहभागीहरुले केही समय स्थानीय तबरमा जुलुस प्रदर्शन समेत गरेका थिए ।




अमर बचाउ अभियानद्वारा विचार गोष्ठी सम्पन्न
सेभ अमर इन्टर न्यास्नल नेट्वर्कका संयोजक युवराज  कार्कीको सिफारिसमा नेपाल् विस्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुको नेत्रित्वमा गठित सेभ अमर ग्लोबल टास्क फोर्सले अमर बचाउ अभियानमा थप तिब्रता ल्याएको छ। टास्क फोर्समा नेपाल, यु ए ई र अमेरिकामा गठित अमर बचाउ राष्ट्रिय सवन्वय समीतीहरू, नेपाल विस्व सहयोग संघ, नेपाल च्याप्टर, अमर बमका पिता कर्ण बहादूर बम, चान्दादाताहरूको प्रतिनिधि,  मिडिया प्रतिनिधी लगायतको संलग्नता रहेको टास्क फोर्सका सभापती मणी नेपाली पनेरुले बताउनु भएको छ।
स्मरण रहोस्, टास्क फोर्सका सभापतिले यस अघी नेपालका प्रधान मन्त्री, उपप्रधान मन्त्री तथा पर राष्ट्र मन्त्री लगायत नेपाल सम्पूर्ण प्राय ठूला पार्टिका अध्यक्ष लगायत प्रभावशाली नेताहरूलाई टास्क फोर्सका उच्च स्तरीय प्रतिनिधी सहित भेट्नु भई दु बईको अल अबीर सेन्ट्रल जेलमा मृत्यु दण्डको सजाय पाएर बिगत १० बर्ष देखी नारकीय जीवन बिताई रहेका अमर बहादूर बमको जीवन रक्षाको लागी आ आफ्नो पार्टीका तर्फबाट महत्वपुर्ण  भूमीका निर्वाह गर्न हार्दीक आग्रह गर्नु भएको थियो। टास्क फोर्सले काठ्माण्डौ मा एक अफिस समेत खोली राष्ट्रिय बिचार गोष्ठी, पत्रकार भेट्घाट तथा र्याली समेत आयोजना गरि सकेको छ। इमेज च्यानलले हालै आफ्नो अत्यन्त लोकप्रिय कार्यक्रम् अलग धारमा अमर बम सम्बन्धी बिषेष कार्यक्रम् प्रसारण गरे पछी अमर बचाउ अभियान चर्चाको शिखरमा पूगेको पर्यबेक्षकहरू बताउँछन।
अमर बचाउ अभियानमा सन्लग्न यु ए ई स्थीत संघ सस्थाहरूहरू लगायत राजदूत सँग भेट्न पनेरु हाल यु ए ई भ्रमणमा हुनुहुन्छ। पनेरु अस्ती यु ए ई पूग्दा नेपाल विश्व सहयोग संघका मध्य पूर्व तथा अफ्रिका च्याप्टरका अधक्ष लगायत का पदाधिकारी तथा सदस्यहरूले उहाँको  हार्दीक स्वागत गर्नु भएको थियो।  नेपाल पत्रकार महा संघ, यु ए ई साखाले आयोजना गरेको ूूूयु ए ई मा कार्यरत सस्थाहरू तथा औचित्यू बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमको बीच पनेरुलाई नेपाली समूदायमा उहाँले पुर्याउनु भएको उदाहरणिय योगदानको लागि नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले सम्मान गर्नु भएको थियो।  सो कार्यक्रम पस्चात पनेरुको स्वागतमा  नेपाल विश्व सहयोग संघ, मध्य पूर्व तथा अफ्रिका च्याप्टरको आयोजनामा आयोजित रात्री भोजमा समाज सेवी पनेरुले भावपूर्ण सम्बोधन गर्दै अमरहरुका पीडालाई आफ्नै पीडा ठानेर सम्पूर्ण समाज एक जूट भई नेपाली समूदायको हितमा ह्रिद्य देखी लाग्न अनुरोध् गर्नु भएको छ। त्यसै गरी गोर्खा सेवा समाज यु ए ई ले पनि एक बिशेष समारोहको आयोजना गरी अमर बचाउ ग्लोबल टास्क फोर्सका सभापती तथा नेपाल विस्व सहयोग संघका अन्तर राष्ट्रिय अधक्ष मणी नेपाली पनेरुलाई सम्मान गरेको छ।
प्रधानमन्त्रीको प्रतिवद्दता अनुसार् नेपाल र यु ए ई बीच द्वीपक्षीय बिषयमा छलफल गर्न र आवश्यक सन्धी गर्न छिट्टै यु ए ई को भ्रमणको तयारी बारे जानकारी लिन र अमरको जीवन रक्षाको लागि के कस्तो प्रगति भएको छ बुझ्न नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको नेत्रित्वमा एक उच्च स्तरीय प्रतिनिधि मण्डलले यु ए ई का राजदूत धनन्जय झा सँग भेट वार्ता भएको छ। सो प्रतिनिधि मन्डलमा यु ए ई का मुर्धन्य समाज सेवी तथा सफल व्यवशायी चन्द्र प्रसाद सापकोटा, नेपाल विश्व सहयोग संघ मध्य पूर्व तथा अफ्रिका च्याप्टरका अध्यक्ष महा प्रसाद धिताल नेपाली समाजका बद्री धमला लगायतको सहभागिता थियो।  करिव दुई घण्टा लामो सो भेट वार्तामा यु ए ईमा बिध्यमान  समस्याहरू बिशेष गरी नेपाली कामदारहरू को स्वास्थ्य, कानूनी,एबम कामजन्य बिषयहरु छल फल भएको थियो। सो अवसरमा अमर बचाउ ग्लोबल टास्क फोर्सका सभापती मणी नेपाली पनेरुले राजदूत झा बाट धेरै जानकारी लिन पाएकोमा  महामहिम  झालाई आभार  प्रकट गर्दै अमर बहादूर बम को जीवन रक्षा गर्न तत्काल प्रधानमन्त्रीको भ्रमण मिलाउन आग्रह गर्नु भएको छ।
Posted on January 29, 2013 by Nepalswiss

अमर बचाउ ग्लोबल टास्क फोर्सले काम शुरु गर्यो
नेपाल विश्व सहयोग संघ तथा यम्नेस्टी इन्टर्न्यास्नलले सामाजिक न्याय तथा मानव अधिकारका क्षेत्रहरुमा   सहकार्य गर्ने भएको छ। सो कुरा सेभ अमर ग्लोबल टास्क फोर्सका सभापति तथा नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको याम्नेस्टि इण्टर्न्यास्नलका निर्देशक तथा याम्नेस्टि मध्य पूर्व विशषज्ञहरू सँग भएको भेटवार्तामा छलफल भएको हो। अन्तर राष्ट्रिय सद्भावना भ्रमण को अन्तीम गन्तव्य संयुक्त अधिराज्यको राजधानीपुगेपछी याम्नेस्टी इन्टर्न्यास्नलको वोर्ल्ड हेड्क्वार्टरमा जानु भई पनेरुले इन्टर्न्यास्नल मोबिलाइजेसन निर्देशक अनिल पन्त तथा यम्नेस्टी अध्ययन तथा अनुसन्धान बिभागका मध्यपूर्व बिशेषज्ञ ड्रुअरी डाइक सँग छुट्टा छुटटै भेट्वार्ता भएको थियो। सो अवसरमा पनेरुले यु ए ई को दु ब ईको   जेलमा बिगत १० बर्ष देखी मृत्यु दण्डको सजाय पायर काल पर्खीरहेका सुदूर पश्चिम दार्चुला धारी गा वि स का अमर बहादुर बम बारे उपलब्ध दतावेज तथा फोटोहरूको सहितको प्याकेज सहित बिस्त्रित जानाकारी दिंदै निज बमको जीवन रक्षा गर्न पहल गर्न हार्दिक अनुरोध गरिएको थियो।  
पर्यबेक्षकहरूको भनाई अनुसार् सो भेटवार्ता अत्यन्त सौहार्दपूर्ण र फलदायी भएको छ। यम्नेस्टी अध्ययन तथा अनुसन्धान बिभागका मध्य पूर्व बिशेषज्ञ ड्रुअरी डाइकले अमर बमको मुद्दा बारे गहिरो अभीरुची लिनु भएको छ र सो बारे थप् जानाकारी लिने इच्छा जाहेर गर्नु भएकोमा अध्यक्ष पनेरुले सम्बन्धीत व्यक्तीहरू तथा निकायमा संपर्क गरी यथाशिघ्र अन्य जानाकारी दिने बचनबद्द्ता प्रकट गर्नु भयो।  सोही क्रममा दुबै  सस्था का प्रतिनिधीहरूले सामाजाजिक न्याय र मानव अधीकारका क्षेत्रहरूमा सहकार्य गर्ने अभिरुची देखाएका छन् र सो क्षेत्रमा दुबै सस्थाहरूले साझेदारी गर्न सहमत भएको  कुरा थाह भएको छ। 




नेपाल विश्व सहयोग संघ (NAGC)  तथा यम्नेस्टी इन्टर्न्यास्नलले सहकार्य गर्ने