अमर बम सम्बन्धी हिसाव फर्स्यौट 
GLOBAL TASK FORCE TEAM
In Nepali

Sign the Petition to
to Save Amar
नेपालको दार्चुला जिल्ला धारी गाविस निवासी अमर बहादुर बम बिगत धेरै बर्ष देखी दुबइको अल अबिरा सेन्ट्रल जेलमा मृत्यु दण्ड को कैदीका रुपमा हाल सम्म पनि नारकीय जीवन बिताईरहेका छन। उहाँ जीवन रक्षार्थ बिभिन्न संघ संस्थाहरुले कोशीस गरे जस्तै नेपाल विश्व सहयोग संघ ले पनि सक्दो प्रयास गरेको थियो। सो क्रममा पीडित  अमर बहादुर बमलाई बचाउने  अभियानकालागि  चन्दा सँकलन पनि सुरु गरेको थियो। लगभग सबै जसो चन्दा  अमेरिकाको क्यालिफोर्निया राज्यबाट उठाईएको भए पनि संस्थाका च्याप्टरहरु मार्फत केही अन्य राज्यहरु टेक्सास, कोलोराडो, मेरील्यान्ड र फ्लोरिडामा समेत भरथेग भएको थियो।  केही रकम पेपाल मार्फत पनि प्राप्त भएको थियो।  उठाईेको चन्दा रकम कूल ६८१० डलर उठेकोमा  SAVE AMAR INTERNATIONAL NETWORK  (SAIN) मार्फत संस्थाको पूर्व निर्धारित निती  अनुसार परिवारलाई तात्कालिन राहत    र पीडित अमर बमको सहमती अनुसार अभियानमा खर्च भएको  थियो। मिती…August 20, 2016  मा क्यालिफोर्नियामा रहेका संस्थाका पदाधिकारीहरु,  बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार र अन्य महत्वपूर्ण सामाजिक व्यक्तित्वहरुविच   सो हिसावको  फर्स्यौट गरी अमर बम सम्बन्धी सबै गतिविधी हरु बन्द गर्ने निर्णय भएको  थियो। अब संस्थाले प्रत्यक्ष रुपमा अमर बम सम्बन्धी गतिविधीहरु औपचारिक रुपमा बन्द गरे पनि भविष्यमा  गरिने त्यस सम्वन्धी प्रयासलाई यस संस्थाले सकेको सहयोग पुर्याउने छ।