सतीको श्रापले हो वा भौगोलिक बिकटताले, राजनैतिक अस्थीरताले  होस् वा जनताकै अकर्मण्यताले हामिले आजको नेपाल पाएका छौं। नेपालमा जनजीविकाको आधार नहुनाले अथवा आ आफ्नै  सुन्दर सपनाकोखोजीमा हजारौ हजार नेपालीहरू निम्न स्तर श्रमीकका रुपमा बिदेशीएका छन्। 

बिबिध कारणबाट बिदेशमा कष्टकर जीवन व्यतित गर्न वाध्य नेपालि दाजु भाइ दिदि बहिनिहरू कहीलेकाहिँ नराम्रो सँग त्यहाँको कानुनी जालमा फस्दछन र जेल र मृत्युको समेत चपेटामा पर्दछन्। सुदुर पश्चिम निवासी  अमर बहादुर बम पनि यस्तै क्रुर परिबन्दमा परेका छन्।

संयुक्त अरब इमिरेट्समा एकजना भारतीय नागरिक शरद शेट्टी को हत्या प्रकरणमा समातिएका दार्चुला,धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेन्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारीचालक रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै गर्दा पक्राउ  परेका हुन् । निज बमले जनाए अनुसार बिवाह गरेको लगत्तैपछि कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना भारतीयले ाम्रो काममा लगाइदिने भनी दुबई पुर्याएका थिए । भिजिट भिसामा दुबई आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए । बमले दिएको जानकारी अनुसार उक्त जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियनक्लबमा जान भने ।उनले दुबैलाई क्लबमा पुर्याए । उनीहरू क्लबमा पसे र बम बाहिरै  गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने  शहरमा पुग्दा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो।

अमर जेल परेको झन्डै १० बर्ष भैसक्यो। २०१० पछि मात्र उनलाई छुटाउन सकिन्छ की भनि बिभिन्न संघ सस्थाहरू लागि परेका हुन। उता उनको परिवार अमरलाई बचाउन चारैतिर हारगुहार मागीरहेका छन् बिशेष गरि अमर बमका ६५ बर्षिय पिता कर्ण बहादुर बम र श्रीमती धनिशा बम नेपाल विश्व सहयोग संघ, प्रवासी नेपाली समन्वय समिति लगायतका संघसंस्थाको पहलमा धनीसराले प्रधानमन्त्री बाबुराम भट्टर्राई गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादव लगायत सम्बन्धित सबै निकायमा स्वयंआफैं उपस्थित भै आफ्नो पिडा पाखेकी थिइन् र चारैतिरबाट उनलाई छिट्टै उनकोपति नेपाल सकुशल फिर्ता आउने आशा दिइएको थियो । काठमाण्डौंबाट फिर्ताहुँदा उनको मनमा निकै आशा पलाएको थियो  धनीसरा आजसम्म उनको पतिको बारेमा सरकारबाट ठोस कदम नचलिंदा राष्ट्राध्यक्ष एवं ्रधानमन्त्रीले दिएको आश्वासन केवल आश्वासन मात्र त थिएन भनेर सोध्न लागिरहेकी छन् । पहिलो चोटी राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न दार्चुलादेखी काठमाडौंसम्म जाँदा खर्च नभएर लगायका गरगहना धितो राखी बाटो
खर्च जुटाएकी धनीसरालाई नेपाल विश्व सहयोग संघले चन्दा मार्फ संकलन गरेको रकम उपलब्ध गर्राई गरगहना छुर्टाई लिएकी थिइन र फेरी अब उनी एकचोटी पतिकोविषयमा के भयो भनी सोध्न आफैं प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्न काठमाडौं जाने बिचारमा छन् तर फेरी पनि गरगहना साहुकोमा राख्नु बाहेक अर्को विकल्प छैन ।

बिभिन्न श्रोतहरुबाट बुझ्दा अमर निर्दोष भएको कुरा हामीलाई विश्वास भएकोले उनीलाई अनाहकमा  आफ्नो  ज्यान गुमाउन नपरोस  भन्ने नेपालिपनको भात्रिप्रेमले ओतप्रोत हुँदै   नेपाल विश्व सहयोग संघ अमर बचाउ  अभियानमा लागेको हो, हामी लागेका हौं ।



अमरको मार्मिक कथा
अमरको मार्मिक कथा
In Nepali